होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकाले नगरबासीलाई भन्यो राती ९ बजेपछि नाचगान नगर्नु
समाचार

बडीमालिकाले नगरबासीलाई भन्यो राती ९ बजेपछि नाचगान नगर्नु

  • नागरिक रैबार
बडीमालिकाले नगरबासीलाई भन्यो राती ९ बजेपछि नाचगान नगर्नु

नागरिक रैबार/बाजुरा २८ भदौ। बडीमालिका नगरपालिकाले नगरबासीहरुलाई राती ९ बजेपछि तीज विषेश कार्यक्रम नगर्न आग्रह गरेको छ ।
हरितालिका तिज पर्वसंगै मौलिक परम्परागत संस्कृति विग्रिने, शान्ति सुरक्षा खलबल हुने भएकोले राती तिज विशेष कार्यक्रम नगर्न आग्रह गरेको हो ।

राती अवेरसम्म हुने तिज विशेष कार्यक्रमले समाजमा नराम्रो सन्देश गएको जनगुनासो आएपछि नगरपालिकाले सूचना जारी भएको दिनदेखि राति ९ बजेपछि तीज विषेश कार्यक्रम नगर्न आग्रह गरेको नगरप्रवक्ता धर्मराज पाध्यायले बताएका छन् ।

नगरपालिकाले आग्रह गरेको सूचना अनुसार नगई आफ्नै तरिकाले ९ बजेपछि तिज विषेश कार्यक्रम गरेर कुनैपनि किसिमको दुर्घटना भएमा स्यमं जवाफदेहि हुनुपर्ने तथा कानुन अनुसार कारवाही समेत गरिने नगरपालिकाले जनाएको छ ।

विज्ञापन

तीज पर्वलाई व्यवस्थित र मर्यादित बनाउन सवै नगरबासीलाई बडीमालिकाले सार्वजनिक सूचना मार्फत अनुरोध गरेको हो ।  तीज पर्व नजिकिएसंगै विशेष गरी मार्तडी बजारका सार्वजनिक ठाउँहरुमा राती अवेरसम्म तीज विशेष नाचगान कार्यक्रमहरु हुँदै गएका छन् ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार