होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • माओवादीका केन्द्रिय सचिव आचार्य बाजुरा आउँदै
Breaking News

माओवादीका केन्द्रिय सचिव आचार्य बाजुरा आउँदै

  • नागरिक रैबार
माओवादीका केन्द्रिय सचिव आचार्य बाजुरा आउँदै

राजेन्द्र विक बाजुरा,१६असोज
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय समिती सचीव तथा सुदुरपश्चिम प्रदेशका इन्चार्ज डिलाराम आचार्य बाजुरा आउने भएका छन् ।
माओवादी केन्द्र बाजुराले संचालन गरेको जनता संग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत एक महिने कार्यक्रमको प्रभाव बारे समिक्षा तथा नेता कार्यकर्तामा उर्जा प्रदानका निम्ति गरिने प्रशिक्षण कार्यक्रमका लागि सचीव आचार्य संगै माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पुर्ब सुदुरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट पनि यहि असोज १९गते बाजुराको सदरमुकाम मार्तडिमा आउने माओवादी केन्द्रकि केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज देवकी मल्लले बताइन् ।
समिक्षा तथा प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्र बाजुरामा कार्यरत पार्टी केन्द्रिय सदस्य प्रदेश कमिटी सदस्य जिल्ला समन्वय समिति सदस्य,स्थानीय पालिकाका पदाधिकारी हरु, केन्द्र,प्रदेश,जिल्लाका बिभिन्न आयोग र बिभागका सदस्यहरु,
ज्येष्ठ कम्युनिस्ट मंन्च का सदस्यहरु, सल्लाहकार समिति का सदस्यहरु ,जनबर्गिय संगठन का केन्द्र प्रदेश स्तरका पदाधिकारी, निर्वाचीत जनप्रतिनिधिहरुको सहभागिता रहने मल्लको भनाइ छ। पार्टी कार्यालयमा हुने कार्यक्रम १९ गते बिहान ११ बजे बाट संचालन हुने जनाइएको छ।धेरै लामो समय पछि माओवादी केन्द्रको केन्द्रिय स्तरको नेता बाजुरामा आउने भएपछि जिल्ला स्थित नेता कार्यकर्ता निकै उत्साहित भएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि