होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकाका २ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य विमा
समाचार

बडीमालिकाका २ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य विमा

  • नागरिक रैबार
बडीमालिकाका २ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य विमा

नागरिक रैबार/बाजुरा ३ असोज।बाजुराको बडीमालिका नगरपालिकाले नगरका २ सय अतिविपन्न नागरिकहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगरपालिकाले अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने भएको हो ।

नगरपालिकाले आज संविधान दिवसको अवसर पारेर नगरपालिकाका अति विपन्न नागरिकहरुलाई स्वास्थ्य सेवा लिन सहज होस भन्ने उद्देश्यले निशुल्क स्वास्थ्य विमा गरेको हो । जस अनुसार आज बडीमालिका नगरपालिका ७ का नयन नेपालीलाई नगरप्रमुख अमरबहादुर खड्काले निशुल्क स्वास्थ्य विमा गरिदिएका छन् । र बाँकी विपन्न नागरिकहरुको तथ्याकं संकलन गरेर क्रमश निशुल्क स्वास्थ्य विमा गरिदिने उनले बताएका छन् ।

विज्ञापन

बडीमालिका नगरपालिकाले साधारण स्वास्थ्य समस्याको उपचारमा समेत पहुँच नभएका अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य विमा गराउन लागेको नगरप्रमुख खड्खाले बताएका छन् । स्वास्थ्य विमा नगरेकै कारण अधिकाँस विपन्न परिवारका नागरिकहरुले औषधि उपचार गर्न समस्या सकिरहेका थिएनन् । नगरपालिकाले नगरभित्रका अति विपन्न, दलित, एकल महिला, अति अशक्त र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क बीमा गरिदिने बताएको छ ।

नगरपालिका भित्र आर्थिक अभावका कारण स्वास्थ्य समस्या झेलिरहेका अति विपन्न समुदायका २ सय धरधुरीका लागि निःशुल्क स्वास्थ्य बीमा गर्न लागेको नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् ।विपन्न परिवारले आर्थिक अभावकै कारण स्यास्थ्य सेवाबाट बन्चित नहुन भन्ने उद्देश्यले उनीहरुको निःशुल्क स्वास्थ्य विमा गर्न लागेको उनको भनाई छ ।

नगरबासीको जिउ ज्यानको रक्षा गर्नु नगरपालिकाको दायित्व भएकोले पहिलोपटक अति विपन्न समुदायका २ सय घरधुरीका लागि निशुल्क स्वास्थ्य विमा गर्न लागेको नगरपालिकाले जनाएको छ ।विपन्न परिवारले विमा गरेवाफत नेपाल सरकारले स्वास्थ्य विमा लागु गरेका अस्पतालहरुमा प्रतिव्यक्तिले ५० हजार बरावरको औषधोपचार सेवा पाउने स्वास्थ्य विमा बोर्ड बाजुराकी संयोजक तारा रोकायाले बताएकी छन ।

संबिधान दिवसका अवसरमा जिल्ला अस्पताल बाजुरामा उपचारारत रहेका १० बढी विरामीहरुलाई फलफुल बितरणसंगै उनीहरुको स्वास्थ्य लाभको कामना गरिएको छ ।फलफुल बितरण कार्यक्रममा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेल, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र साप्कोटा, नगर प्रबक्ता धर्मराज पाध्याय ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा, ९ का वडा अध्यक्ष सुर्यकिरण विक लगायत कर्मचारी र पत्रकारहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार