होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडी बजार बाहिर बसपार्क बनाउन लागेपछि स्थानीय आक्राेसित
समाचार

मार्तडी बजार बाहिर बसपार्क बनाउन लागेपछि स्थानीय आक्राेसित

  • नागरिक रैबार
मार्तडी बजार बाहिर बसपार्क बनाउन लागेपछि स्थानीय आक्राेसित

नागरिक रैबार/बाजुरा १० असोज ।बाजुराको बडीमालिका नगरपालिकाले मार्तडी बजार भन्दा बाहिर बाउलीमा बसपार्क बनाउन लागेको भन्दै बडीमालिका-९ का स्थानीय आक्रोसित बनेका छन् ।

बडीमालिका ९ को पाल्तमा करोडौं रकम खर्च गरेर निर्माण गरिएको बसपार्कलाई अलपत्र छाडेर नगरपालिकाले बजारबाहिर बाहुलीमा बसपार्क बनाउन लागेपछि बडीमालिका ९ का स्थानीय आक्रोसित बनेका हुन् ।

यस अघि करोडौं लगानी लगाएर बनाईएको पाल्तको बसपार्कलाई स्तरोन्नति गरी संचालन गर्नुको साटो नगरपालिकाले उक्त ठाउँमा रहेको बसपार्कलाई छाडेर बाउलीमा नयाँ वषपार्क बनाउन लागेको भन्दै बडीमालिका ९ का स्थानीयहरुले प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेललाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।

विज्ञापन

यस अघि तत्कालिन जिल्ला विकास समिति र मार्तडी गासिव हुँदा नै सर्वपक्षीय र सर्वदलीय बैठक बसेर पाल्तमा बसपार्क बनाउने निणर्य भएको भएपनि बडीमालिका नगरपालिकाले यहाँका स्थानीयहरुलाई व्यवास्ता गरेर बसपार्कलाई बजार बाहिर बाउलीमा बनाउन लागेकोले यसलाई तत्काल रोक्न प्रमुख जिल्ला अधिकारी मार्फत माग राखेको स्थानीय मानबहादुर विकले बताएका छन् ।

कारागार देखि पाल्त बसपार्क सम्म हाम्रो जग्गालाई मिचेर सडक निर्माण गरिएको र पाल्तमा वषपार्क बनाउने सहमति भए अनुसार अहिलेसम्म करोडौं रकम खर्च भएको छ, वषपार्क यथास्थानमै हुनुपर्छ स्थानीय चन्द्रबहादुर थापाले बताएका छन् ।

वसपार्क व्यवस्थापनको लागि कारागार नजिकै रहेको खाली जग्गा र महालक्ष्मी विकास बैंक पछाडिको जग्गा दिन तयार छौं तर बजार भन्दा बाहिर बसपार्क बनाउन कुनैपनि हालतमा दिने छैनौ अर्का स्थानीय जिवन थापाले आक्रोसित हुँदै भने ।

No description available.

साँफे-मार्तडी सडक खण्ड अन्तरगत जिरो प्वाईन्ट कारागार देखि पाल्त वसपार्क हुँदै बाजुरा क्याम्पस सम्मको सडकमा पर्ने जग्गा धनीहरुले मुआव्जा नपाएकाले सम्वन्धित निकायसंग पहल गरिदिन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै स्थानीयहरुले माग राखेका छन् ।

स्थानीयहरुको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले भने वसपार्क व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भएकाले आफुले यस विषयमा सम्वन्धित निकायमा बुझेर समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

यता बडीमालिका नगरपालिकाकी उपप्रमख नन्दा कुमारी थापाले पाल्तको वषपार्कमा साना सवारी साधान जीप र ट्याक्टर राख्ने र ठुला सवारी साधान बस र ट्रकहरुको व्यवस्थापनका लागि बाउलीमा रहेको टेकबहादुर बुढाको जग्गा प्रयोगमा ल्याउन पहल भईरहेको बताएकी छन् ।

विस २०७३ सालदेखि बसहरु सदरमुकाम मार्तडीबाट संचालन हुँदै आएका छन् । मार्तडीमा वस पुगेको सात वर्ष वितेपनि स्थानीय तहले बसपार्कको व्यवस्थापन गर्न नसक्दा यातायात व्यवसायीहरुले साना तथा ठुला सवारी साधानहरु सडकको छेउमै पार्किङ गर्ने गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार