होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बडीमालिकाले गर्यो नयाँ सीडियोलाई स्वागत
बाजुरा बिशेष

बडीमालिकाले गर्यो नयाँ सीडियोलाई स्वागत

  • नागरिक रैबार
बडीमालिकाले गर्यो नयाँ सीडियोलाई स्वागत

नागरिक रैबार/बाजुरा १ असोज।बाजुरामा भर्खैरै आउनु भएका नयाँ प्रमुुख जिल्ला अधिकारी (सिडियो) भिमकान्त पौडेललाई बडीमालिका नगरपालिकाले स्वागत गरेको छ ।

बडीमािलका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का लगायत नगरपरिवारको तर्फबाट सोमबार सिडियो पौडेललाई नगरपालिकाको कार्यालयमा एक औपचारिक कार्यक्रमका विच स्वागत गरिएको हो ।

सिडियो पौडेललाई टिका र माला लगाएर स्वागत गर्दै नगरप्रमुख खड्काले जिल्लाको शान्ति सुरक्षा र सु-व्यवस्था कायम राख्न प्रशासन र स्थानीय तहविच समन्वयकारी भुमिका निर्वाह गर्दै अगाडि बढ्ने बताएका थिए ।

विज्ञापन

नगरपालिकाले गरेको स्वागतपछि सिडियो पौडेलले जिल्लाको आर्थिक तथा सामाजिक विकाससंगै समग्र शान्ति सुरक्षालाई सुव्यवस्थित बनाउन आफ्नो कार्यकाल अवधिभर यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुका साथै सरोकारवाला निकायहरुस‌ग समन्वय गरेर अगाडि बढ्ने बताएका छन् ।

यस अघिका तत्कालिन सिडियो पुष्कर खड्का बाजुराबाट सरुवा भइ डडेल्धुरा जिल्लाको सहायक सिडियोको जिम्मेवारी सम्हाल्ने गरी गएका छन् भने उनको ठाउँमा पाैडेल आएका हुन् । पाैडेलले यस अघि पर्सा जिल्लाको सहायक सिडियो भइ काम गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
बाजुरा बिशेष
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ५ दिन अगाडि