होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जनकपुर– प्रदेश २ को वार्षिक लेखा परीक्षण प्रतिवेदनमा प्रदेश मातहतका १० निकायको ६९ करोड ४३ लाख ९५ हजारको गरिएको लेखा परिक्षणबाट कूल १६ करोड ४६ लाख ९ हजार रकम बेरुजु देखिएको छ । यो रकम प्रतिशतका आधारमा २३ दशमलव ७१ प्रतिशत हो । कूल बेरुजुमध्ये असुल गर्नुपर्ने बेरुजु २ करोड ५ लाख ७९ हजार छ […]
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही चैत १९ गते राति युनाइटेड अरब इमिरेट्सको दुबई उड्न लागेको नेपाल वायु सेवा निगमको जहाज विमानस्थलमा रोकिएको घटनामा एयर ट्राफिक कन्ट्रोलर (एटिसी) र निगम दुवैको गल्ती भएको पाइएको छ । उक्त घटनाका सन्दर्भमा छानबिन गर्न गठित समितिले शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई बुझाएको प्रतिवेदनअनुसार एटिसीको […]
काठमाडौं– गत बर्ष भन्दा यस बर्ष सरकारको बेरुजु बढेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं बार्षिक प्रतिवेदनले बेरुजु बढेको देखाएको हो । प्रतिवेदनमा बेरुजुको सम्बधमा अद्यावधी गरी टुंगो लगाउनुपर्ने रकम गत बर्ष ५ अर्ब ८ करोड रहेकोमा यस बर्ष ६ अर्ब ८३ अर्ब ६६ करोड पुगेको उल्लेख छ । तर लेखापरीक्षण […]
काठमाडौं– २०७५ सालमा संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर साढे ४ लाख युवा कामको खोजीमा विभिन्न देश पुगेका छन् । यो वर्ष संस्थागत श्रम स्वीकृति लिएर २ लाख २८ हजार २ सय र व्यक्तिगत २ लाख २२ हजार ३ सय गरी ४ लाख ५० हजार युवा रोजगारीको खोजीमा विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकमा […]
काठकाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा २ अर्बभन्दा बढी रकम बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा २ अर्व ६८ करोड ७७ लाख ५८ हजार रकम बेरुजु रहेको देखाएको हो । प्रतिवेदनका अनुसार स्वास्थ्य मन्त्रालय मातहतका सरकारी कार्यालयतर्फ ९९ निकायमा १ अर्ब ४९ करोड ४४ […]
काठमाडौं– नेपाली सेनाले विभिन्न प्रयोजनका लागि आफ्ना विमान भाडामा उपलब्ध गराए वापत ४ करोड ३४ लाख बढी उठाउन बाँकी रहेको छ । नेपाली सेनाले आर्थिक वर्ष २०३४/०३५ देखि नै बाँकी रहेको वक्यौता उठाउन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा सेनाले आफ्ना जहाज तथा हेलिकप्टरहरु भाडामा लगाएर बापत ४ करोड […]
काठमाडौं– नेपाल सेनाले निर्माण जिम्मा लिएको काठमाडौं–तराईं/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)मा हालसम्म १२ अर्ब ६४ करोड खर्च भएको छ । महालेखा परीक्षकको कार्यालयको ५६ औं प्रतिवेदनमा फास्ट ट्र्याक निर्माणका लागि हालसम्म १२ अर्ब ६४ करोड ६२ लाख खर्च भएको उल्लेख छ । सेनाले निर्माण जिम्मा पाएको फास्ट ट्रयाकमा अहिलेसम्म रुख कटान, माटो काट्ने तथा […]
काठमाडौं– सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाललाई डिजिटलरुपमा आर्थिक क्रान्तिसँगै समृद्धितर्फ डोर्याउनुपर्ने बताएका छन् । शुक्रबार जनकपुरधामस्थित नेपाल टेलिकमको एफटीटीएच सेवाको शुभारम्भ गर्दै मन्त्री बाँस्कोटाले काठमाण्डौंमा सम्पन्न लगानी सम्मेलनमा धेरै कम्पनीहरु सञ्चार क्षेत्रमा काम गर्न चाहेकाले पलपलमा चुनौती रहेकोतर्फ टेलिकमका कर्मचारीहरुलाई सचेत गराए । उनले ४२ सय कर्मचारी भएर पनि नेपाल सरकारको स्वामित्वमा […]
काठमाडौं– काठमाडौंको महांकालस्थित वीर अस्पतालको भवन, हेर्दा ठूलो र चिटिक्क परेको छ । अस्पतालको प्रवेशद्वारदेखि नै बिरामीहरुको भीड लागेको छ । तर ठूलो र चिटिक्क परेको अस्पतालको भवनको बाहिर कपडाको पाल टाँगिएको छ । अस्पतालको आँगनमै बिरामीहरु सेतो कागज बोकेर लाइन लागेका छन् । सेतो कोट लगाएका वीर अस्पतालका केही चिकित्सकहरु पाल मुनि बसेर बिरामी […]
काठमाडौं– क्विन्स इभेन्ट म्यानेजमेन्टले प्रालिले आयोजना गर्न लागेको ‘वुमन च्याम्पियन्स लिग’ (डब्लुसीएल) क्रिकेट प्रतियोतामा सहभागी टोली र मार्की खेलाडीको घोषणा गरिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोकले प्रतियोगितामा काठमाडौं, ललितपुर, पोखरा, चितवन र विराटनगरका टिमहरुले सहभागिता जनाउने बताएका छन् । जसमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल्स रोयल्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्स […]
काठमाडौं– वर्ष २०७५ हामीमाझबाट बिदा हुँदै छ । यो वर्ष राजनीतिक, आर्थिक क्षेत्रमा उपलव्धिहरू भएपनि हवाई क्षेत्र भने पीडादयी बन्यो । हवाई सुरक्षा र नागरिक उड्डयनका क्षेत्रमा धेरै सुधारका काम भएपनि हवाई सुरक्षाका हिसाबले भने असुरक्षित वर्षका रुपमा दर्जभयो २०७५ । नेपाल नागरिक उड्ययन प्राधिकरणको तथ्याङ्क अनुसार, २०७५ सालमा मात्रै साना ठुला गरी ८ वटा […]
१० वर्षे सशस्त्र द्वन्द्वका घटनाको सत्यतथ्य पत्ता लगाउन दुई वर्षका लागि गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीले ४ वर्ष २ महीनामा पनि काम पूरा गर्न सकेनन् । सत्य निरुपण तथा मेलमिलाप आयोगले २ वर्षमा उजुरी आह्वान र उजुरी सङ्कलन गर्ने काम गर्यो । सातै प्रदेशका मुकामसमेत खडा गरी उजुरीका बारेमा अध्ययन शुरु गरेको […]
काठमाडौं– सरकारले तराईंका सबै जिल्लामा कर कार्यालय विस्तार गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले तराईंका सबै जिल्लामा कर कार्यालय विस्तार गर्ने तयारी शुरु भएको बताएका छन् । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौंमा आयोजित ५३ औं वार्षिक साधारण सभाको दोस्रो सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले तराईं र पहाडका जिल्लामा कर कार्यालय बिस्तार […]
डोटी- मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो । उक्त संस्थाले ती जिल्लामा गरेको सर्वेक्षणबाट मजदूरीका लागि भारत गएकामध्ये यति ठूलो सङ्ख्यामा मानिस हराएको तथ्याङ्क […]
काठमाडौं– उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारले खटाएको अस्पतालमा नजाने चिकित्सकलाई कारबाही गरिने बताएका छन् । मन्त्री यादवले अस्पताल बन्द गरेर बिरामीको उपचार नगर्नेहरु चिकित्सक नै नभएको बताए । स्वास्थ्य अनुसन्धान परिषद्को एक कार्यक्रममा संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री यादवले चिकित्सकको कर्तव्य बिरामीको उपचार गर्ने भएकाले उपचार नगर्ने डाक्टर डाक्टर नै नभएको बताए । […]
काठमाडौं– नेपालको विकास निर्माणमा मात्रै होइन, नीति निर्माण तहमासमेत विदेशी सहयोगको रकम हरेक वर्ष बढ्दै गएको छ । पछिल्ला केही वर्षदेखि सरकारी खर्च बढेका कारण नेपालको राजश्व संकलनले कर्मचारीलाई तलव दिन मात्रै पुग्ने अबस्था छ । विदेशी दातृ निकायले दिने सहयोग वा अनुदानका भरमा चलेका थुप्रै योजना शिक्षा मन्त्रालयअन्तर्गत सञ्चालित छन् । शिक्षा क्षेत्रमा विश्व […]
जुम्ला-चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको छ । नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायिक वन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको हो । जथाभावी फूल टिप्दा हाँगा भाँचिएर गुराँसको रुख सुक्ने खतरा बढेकाले फूल टिप्न प्रतिबन्ध गरिएको ढाणथपला सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर सार्कीले बताए । ‘गुराँस फुल्ने क्षेत्र सदरमुकाम खलङ्गादेखि झण्डै आधा […]
रुकुम- विभिन्न स्थानमा परेको असिनाले हिउँदेबाली नष्ट गरेको छ । रुकुमका अधिकांश ठाउँमा दोस्रोपटक परेको असिनाले गहुँबाली, जौँबाली, तरकारीबाली र फलफूललाई ठूलो क्षति पुर्याएको छ । यस वर्ष समय-समयमा हिउँदे वर्षा हुँदा हिउँदे बालीको उत्पादनमा वृद्धि हुने आशामा बसेका किसान चिन्तित बनेका छन् । असिनाले गहुँबाली, जौँबाली, तरकारीबाली र फलफूलमा ठूलो क्षति पुर्याएको किसान टेकप्रसाद […]
रुकुम (पूर्व)- रोजगारीका लागि विदेश जाने युवाको संख्या बढ्न थालेको छ । धेरै युवाले घरको सम्पत्ति बेचेर वैदेशिक रोजगारी रोजेका छन् । बढ्दो बेरोजगारी र घरमै परिश्रम गर्न हिच्किचाउँदा रुकुम (पूर्व)बाट दिनमा दर्जनौं युवा विदेशिइरहेका छन् । जिल्ला सदरमुकामदेखि लिएर अधिकांश ठाउँमा युवाको सङ्ख्या पातलिँदै गएको छ । घरको सम्पत्ति बेचेर तथा ऋण काढेर विदेश […]
डा. रामशरण महत नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् । देशमा सबैभन्दा धेरैपटक अर्थ मन्त्रालय सम्हालिसकेका डा. महत यतिबेला पार्टीको काममा व्यस्त छ । आगामी महाधिवेशनका लागि नेताहरुले जिल्ला दौडलाई तिब्रता दिइरहेका बेला डा. महत पनि यो दौडमा सहभागी छन् । उनै डा. महतसँग हामीले नेपाली कांग्रेसको आन्तरिक विवाद, सरकारका पछिल्ला गतिविधि, सरकारले आयोजना गरेको लगानी सम्मेलन […]