होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कृषककाे उत्पादन बजारसम्म पुर्याउन बडीमालिकाले ल्यायाे कृषि एम्बुलेन्स संचालन
समाचार

कृषककाे उत्पादन बजारसम्म पुर्याउन बडीमालिकाले ल्यायाे कृषि एम्बुलेन्स संचालन

  • नागरिक रैबार
कृषककाे उत्पादन बजारसम्म पुर्याउन बडीमालिकाले ल्यायाे कृषि एम्बुलेन्स संचालन

नागरिक रैबार बाजुरा ५ असार बाजुराको बडीमालिका नगरपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । बडीमालिका नगरपालिकाले विभिन्न वडामा उत्पादन भएका कृषि उपज सुरक्षित तवरले बजार र उपभोक्तासम्म पुर्‍याउन आजबाट एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

कृषकका उत्पादनले सही समयमा बजारसम्म पहुँचको अवस्था सिर्जना गर्न नगरपालिकाले कृषि एम्बुलेन्से सेवा संचालन गरेको बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्काले बताएका छन् । कृषकलाई आत्मनिर्भर बनाउन उनीहरुद्वारा उत्पादित बजारको सरल र सहज पहुँचको आवश्यता रहेको जनाउँदै नगरले कृषकमैत्री कार्यक्रममा जोड दिएको नगर प्रमुख खड्काको भनाइ रहेको छ ।

कृषि एम्बुलेन्स सेवाकाे एक कार्यक्रमका विच निवर्तमान माननीय लालबहादुर थापाले उद्घाटन गरेका हुन् । कृषि एम्बुलेन्स सेवा संचालनमा आएपछि अब कृषकका खेत खेतमा कृषि एम्बुलेन्स पुग्ने छ र कृषकले उत्पादन गरेका तरकारी सङ्कलन तथा बिक्री केन्द्रसम्म ढुवानी गर्नेछ । तरकारी खेती गर्ने कृषकलाई ढुवानी गर्ने साधन नहुँदा धेरै समस्या हुने गरेको थियो, अब उक्त समस्या नहुने भएको हो ।

विज्ञापन

पालिकाले कृषि एम्बुलेन्स सञ्चालन ल्याएसँगै यहाँका कृषकलाई उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान सहज हुने भएको छ । पहिलो पटक कृषि एम्बुलेन्स मार्फत बडिमालिका नगरपालिका ३ का कृषकहरुले उत्पादन गरेको तरकारी बाजुराकै अर्को पालिका बुढीनन्दा नगरपालिकामा पठाएको छ । कृषि एम्बुलेन्स सञ्चालन गर्ने बाजुराका नौ मध्ये बडीमालिका पहिलो पालिका हो ।

३२ लाखको लागतमा गाडी खरिद गरेर किसानको हौसला र उत्पादनको बढावाका लागि कृषि एम्बुलेन्स सञ्चालन गरिएको हो । सडक पहुँच पुगेका सबै टोल र बस्तीमै पुगेर तरकारी सहीतको उत्पादन संकलन गर्ने र बजारसम्म सहुलियत मूल्यमा ढुवानी सहायता दिने उदेश्य पालिकाले राखेको छ । बडीमालिका जिल्लाका नौ मध्ये बेमौसमी तरकारी उत्पादन गर्नेमा अग्रस्थानको पालिका हो ।

बाजुरा सदरमुकाम आउने आधा बढी तरकारी पालिका भित्रै उत्पादन हुने गरेको छ । बडीमालिकाका १, २, ३, ४ मा राम्रो तरकारी उत्पादन हुने गरेको छ । भने ६ मा केरा र अन्य फलफूल बाली र ७ मा आलुका लागि पकेट क्षेत्रको रुपमा विकास गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार