होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा मलको चरम अभाव, चिन्तामा किसान
समाचार

सुदूरपश्चिममा मलको चरम अभाव, चिन्तामा किसान

  • नागरिक रैबार
सुदूरपश्चिममा मलको चरम अभाव, चिन्तामा किसान

धनगढीः सुदूरपश्चिममा गहु खेती लगाउने समय आधा सकिदा पनि किसानले अझै मल पाएका छैनन्। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि गहु बाली लगाउने समयमा किसानले मल नपाएका हुन्। अन्तराष्ट्रिय बजारमा नै मलको मुल्य दोब्बरले बढेका कारण खरिद गर्न नसकिएको तर्क सरकारी निकायको छ।

यस वर्ष पनि समयमा मल नपाउँदा हैरान भएको किसान दिपेन्द्र चौधरीले बताए। ‘नेपाल सरकारले मल दिन नसक्ने इतिहास नै बनिसकेको छ,’ उनले भने, ‘मल नपाउदा उत्पादन घट्ने निश्चित छ।’ मलकै कारण कृषि उत्पादन बढ्ने भए पनि समयमा उपलब्ध नहुँदा किसानहरु चिन्तित भएका छन्। विषेश गरी कृषि गरेर दैनिकी चलाउने किसानहरु मलको चरम अभाव भोग्दै आएका छन्।

सुदूरपश्चिममा दुई सरकारी निकायले कृषि सामाग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसनले मल वितरण गर्दै आएका छन्। तर जम्मा आवश्यकताको ३० प्रतिशत आपूर्ति गर्दै आएको साल ट्रेडिङ कर्पोरेसनसँग भने मलको मौज्दात शुन्य छ। गहुँ बालीका लागि डिएपी मल आवश्यक पर्छ। तर डिएपी मलकै मौज्याद शुन्य छ।

विज्ञापन

साल टे«डिङ कर्पोरेसन कार्यालय धनगढीका प्रमुख केशव पाण्डेले आफुसँग मलको मौज्याद नभएको बताए। ‘डीएपी मलको मौज्दात छैन,’ उनले भने, ‘अहिले आउने सम्भावना पनि छैन।’ सुदूरपश्चिममा गहुँ बालीको लागि ५ हजार टन मल आवश्यक पर्छ। नेपाल सरकारले हाल सम्म ८ हजार टन मात्रै खरिद गरेको बताइएको छ।

त्यसमा पनि सुदूरपश्चिमका लागि ३ हजार टन दिन माग गरिएको छ। तर १५ सय टन मात्रै दिने सहमति भएको छ। उक्त मल सुदूरपश्चिमका किसानका लागि निकै कम हुन्छ। अहिले भैरहवाबाट मल ढुवानी भइरहे पनि सुदूरपश्चिममा एक सय टन पनि पुग्न सकेको छैन। कृषि सामाग्री कम्पनी लिमिटेडका निमित्त प्रमुख टेकबहादुर कुँवरले पनि अहिले मल आउने क्रम सुरु भएको दाबी गरे।

‘अहिले ३ हजार टन माग गरेका थियौ। १५ सय टन दिने कुरा भएको छ,’ उनले भने, ‘हामीकहाँ पुगेको मल विभिन्न सहकारीमार्फत वितरण गर्न सुरु गरेका छौं।’ देशमा तीन तहका सरकार भए पनि किसानको मल नपाउने समस्याको समाधान हुन सकेको छैन। किसानले प्रत्येक वर्ष मलको चरम अभाव भोग्दै आएका छन्। मल नपाएकै कारण उत्पादन घट्ने चिन्तामा किसान छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार