होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • अधुरै तथ्यांक लिन्छन् धनगढीका गणक, भन्छन्, ‘बाँकी हामी आफै भर्छौ’
प्रदेश ७

अधुरै तथ्यांक लिन्छन् धनगढीका गणक, भन्छन्, ‘बाँकी हामी आफै भर्छौ’

  • नागरिक रैबार
अधुरै तथ्यांक लिन्छन् धनगढीका गणक, भन्छन्, ‘बाँकी हामी आफै भर्छौ’

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँकी सानु महतोको घरमा शनिबार जनगणनाका लागि गणक पुगे। राष्ट्रिय जनगणना २०७८ का लागि पूर्ण विवरण सङ्कलनका गर्न आएकी गणकले अधुरो तथ्यांक मात्रै राखिन्। बाँकी विवरण घरमा मज्जाले भर्ने भन्दै उनी अर्काे घरमा गइन्। गणकको उक्त व्यवहार देखेर महतो अचम्मित भइन्। राष्ट्रिय जनगणनामा अधुरो र झुटो विवरण उल्लेख हुने चिन्ता उनीमा छ। उनी भन्छिन्, ‘कोलम खाली राखिन्। मैले सबै भर्नुपर्ने होइन र भने तर उनले हैन दिदी घरमा मज्जाले भर्छु भनिन्। अनि अर्काे घरमा गइन्।’

धनगढी गाउँका अधिकांश परिवारको पूर्ण विवरण सङ्कलन नभएको गुनासो गरिएको छ। विभिन्न जातजातीको बसोबास रहेको उक्त क्षेत्रमा बाँकी तथ्यांक आफ्नै घरमा भर्ने भन्दै गणकहरु हतार हतारमा विवरण सङ्कलन गर्दै आएका छन्।
अधुरो तथ्यांक मात्र नागरिकको घरबाट सङ्कलन हुँदा सरकारी तथ्यांकमा पूर्ण विवरण नजाने चिन्ता नागरिको छ। धनगढी गाउँकै कमल रानाले कोड तथा भाषाको कोलम गणकले छोड्दै आएको बताए। उनले भने, ‘कोड पछि हाल्छौ। घरमै हालिहाल्छौ भनेका थिए। तर जनताले कोड लेख्न भने। भाषामा पनि उनीहरुले छुटाउदै थिए।’

राष्ट्रिय जनगणना २०७८ मा गणकहरुले ८० प्रश्नको उत्तर सङ्कलन गर्नुपर्ने हुन्छ। तर समय कम भएको र घरमा गएर भर्ने भन्दै गणकहरुले अधुरो विवरण संकलन गरेको नागरिकको गुनासो छ।

विज्ञापन

तर जिल्ला जनगणना कार्यालय कैलालीका प्रमुख सुरेन्द्र रावल भने कोडहरु घरमा भरेपनि हुने बताउँछन्। त्यो कुरा जनतालाई नबुझाउन समस्या भएको उनको दाबी छ। उनले भने, ‘कोडहरु घरमा आफूले भरेपनि हुन्छ। तर जनतालाई नबुझाउँदा समस्या भएको छ।’

नेपाल सरकारले कैलाली–कञ्चनपुरमा मात्रै बसोबास गर्दै आएका राना समुदायको पहिलोपटक गणना गर्दै छ। तर यकिन तथ्यांक नलिएमा आफूहरुको वास्तविक तथ्यांक छुट्ने चिन्ता उक्त समुदायको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार