होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २३ असाेज। खप्तड छेडेदह गाउँपालिका वडा न–७ मा एक बयस्क चितुवा मृत अवस्थामा फेला पारिएको छ । खप्तड छेडेदह गाउँपालिका–७ हारणीखोला सामुदायीक बनमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन बन कार्यालय बाजुराले जनाएको छ । बुधबार दिउँसो स्थानीय गोरु चराउन गएको अबस्थामा चितुवालाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय […]
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुरमा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा श्रीमान र छोरा घाइते भएका छन्। मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८च ५३१६ नम्बरको जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं ३–००–०१ प ८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको […]
कञ्चनपुरमा युवतीसँग अवैध सम्बन्ध राखेको भन्दै तरुण दलका नगर कमिटि अध्यक्षमाथि कुटपिट गरिएको छ। जिल्लाको महाकाली नगरपालिकाका तरुण दल अध्यक्ष डम्बर रानामाथी निर्घात कुटपिट गरिएको हो। युवतीसँग घरमै आएर अवैध सम्बन्ध राखेको भन्दै स्थानीयले रानामाथि कुटपीट गरेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीका प्रहरी निरीक्षक चेतराम पनेरुले महाकाली नगरपालीका वडा नम्बर ६ मा रानामाथि […]
भुवन भट्ट– कञ्चनपुरको बेलौरीमा मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी परस्त्रीसँग आपत्तीजनक अवस्थामा रहेका बेला पक्राउ परेका छन्। बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई एक ३४ वर्षीया महिलासँग आपत्तीजनक अवस्थामा रहेका पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक रण बहादुर चन्दले महिलाका परिवारले दिएको उजुरीका आधारमा कार्यालय प्रमुख ऐडी र महिलालाई आपत्तिजनक अवस्थामा पक्राउ […]
बझाङ । जिल्लाको छविस पाथिभेरा गाउँपालिका–३ सोती गाउँ घर भएका ६० वर्षीय रामभक्त दमाईलाई ३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ छ । पीडित बालिकाका आमाले जिल्ला प्रहरी कार्यालय बझाङमा जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गराएपछि मङ्गलबार बालिका बलात्कार गरेको अभियोगमा दमाईलाई प्रहरीले पक्राउ गरेको हो । मदिरा सेवन गरी राति १० बजे तिर […]
नागरिक रैबार/बाजुरा २४ भदौ।जिल्ला प्रहरी कार्यालय बाजुराले बाजुरामा ३ वर्षमा ३९ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । मंगलबार विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बडीमालिका नगरपालिकामा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रहरीले आत्महत्या गर्नेको तथ्याङ्क सार्वजनिक गरेको हो । प्रहरीको तथ्याङ्क अनुसार ३ वर्षमा बाजुुुरामा आत्महत्या गर्ने २० जना पुरुष छन् भने १९ जना […]
नागरिक रैबार/बाजुरा २४ भदौ । बाजुरामा पनि विश्व आत्महत्या रोकथाम दिवस विभिन्न जनचेतना मुलक कार्यक्रम गरि भव्य रूपमा मनाईएको छ । आत्महत्या रोकौं, उनीहरुको नजिक जाऔं र जीवन बचाऔ भन्ने नाराका साथ उक्त दिवस बाजुरामा पनि सचेतनामूलक कार्यक्रम गरी मनाईएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत उक्त दिवस बाजुरामा […]
नागरिक रैबार/बाजुरा २४ भदौ । नेपाली सेनाले विपद्बाट जोगिनका लागि पुर्व अभ्यास गराएर सचेतना फैलाएको छ । मंगलबार समरजित गुल्मले विपद्बाट कसरी जोगिने ? विपद्मा परिहालेमा कसरी उद्धार गर्ने विपद् व्यवस्थापन कसरी गर्ने ? भन्ने बिषयमा द्धावारिका प्राविका शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई विपद् बाट जोगिन पुर्व अभ्यास गराएको हो । विपद् बाजा बजाएर आउदैन, तर […]
ऋषिपञ्चमी भाद्र शुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गरेर मनाईने पञ्चमी विशेषतः महिलाहरुले मनाउने गर्छन । महिनावारीका बेला गरिएको पाप हटाउनका लागि हिन्दु धर्मावलम्बी महिलाहरुले पूजा गर्ने चलन र विश्वास छ । बिहानै उठेर नुहाउने र ब्राह्मणलाई निमन्त्रणा गरि पूजा आजा गर्ने चलन छ । पुनः मध्याह्नको समयमा नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा […]
काठमाडौं, भदौ २४ । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई जितका लागि २८६ रनको फराकिलो लक्ष्य दिएको छ । एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८५ रन बनायो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ६७ रनको […]
काठमाडौं : नेपाल आयल निगमले मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ। नेपाल आयल कर्पोरेसनका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै तीन प्रकारको इन्धनको मूल्य घटाइएको जानकारी दिए। ‘आम उपभोक्तालाई राहत दिन निगमको स्वचालित मूल्य प्रणाली बमोजिम अन्तर्राष्ट्रिय बजार मूल्य, पाइपलाइनबाट ढुवानी गर्दा […]
काठमाडौं : प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो बस्दैछ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जनाएका छन्। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
धनगढी,भदौ २४ । कैलालीमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका एक स्थानीय नेताको गाडीमा आगजानी गरिएको छ । घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा नेकपाका स्थानीय नेता गौरीप्रसाद जोशीले आफ्नै घरमा पार्किङ गरी राखिएको बा ९ च ६५९७ नम्बरको स्कारपियो गाडीमा गएराति करिब १२ बजेतिर अज्ञात समूहद्वारा आगजनी भएको कैलाली प्रहरीले जनाएको छ । घटनामा संलग्नहरूको खोजी भइरहेको जिल्ला […]
एक वर्षमा देशैभर फोरजी सेवा सुरु गर्ने उद्देश्य सहित सेवा विस्तार गरिरहेको नेपाल टेलिकमले दसैं अघि नै सुदूरपश्चिमका कम्तीमा १२ सहरमा फोरजी सेवा सुरु गर्ने तयारी गरेको छ। नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका अनुसार प्रदेशका १२ सहरमा दशैँ अगाडी नै फोरजी सेवा विस्तारको कार्य भईरहेको हो। ‘अहिले कैलाली र कञ्चनपुर जिल्लाका मुख्य सहरमा मात्रै फोरजी […]
ओखलढुंगा : ओखलढुंगाका विभिन्न गाउँमा फैलिएको अमेरिकी फौजी किरा नियन्त्रण बाहिर गएको छ। कृषि ज्ञान केन्द्रले विषादी वितरण गरेपछि नियन्त्रणमा आएको दाबी गरिए पनि औषधिले काम नगरेको किसानको गुनासो छ। ‘मकै सकेपछि बोडी, मासका मुना र कोसा खान थालेको छ,’ चिसंखुगढी ६ भदौरेका किसान भीमबहादुर थापा मगरले भने, ‘औषधि छिट्दा छुँदै छोएन, औषधिमा टिपेर हाल्दा पनि […]
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान आजबाट देशभर एकैसाथ सुरु गर्दै छ । हरेक प्रदेशसभा क्षेत्रमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियान सुरु गरिने छ । कांग्रेस संस्थापक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर सुरु गरिएको अभियानको उदघाटन १०६ वटा बिरुवा नै रोपेर गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए […]
राजेन्द्र बिक/ बाजुरा २५ साउन। पछिल्लो समयमा जिल्लाका अधिकाँस युवाहरु स्वदेश मा रोजगारी छैन भन्दै बिदेश पलायन भइराखेका बेला गौमुल गाउपालिका वडा न. ३ मानाकोट कि धनलक्ष्मी जोशीले भने कुखुरा पालन बाटै मासिक ३० देखि ४० हजार सम्म आम्दानी गर्नेे गरेकी छन् । बडीमालिका नगरपालिका वडा न.७ चुथीमा युवा जनचेतना पोल्ट्री फर्म नाम दिएर संचालनमा […]
काठमाडौं : तीज नजिकिँदै छ। दिदीबहिनी रातो पहिरनमा सजिएर छमछम नाच्न तयार छन्। यसका लागि तीज विशेष थुप्रै गीत बजारमा आइसकेका छन्। जुन आजभोलि नयाँ पुराना तथा रिमिक्स भर्जनमा गाउँघर तथा सहरबजारका गल्लीगल्लीमा गुञ्जिरहेछन्। चलचित्र कन्यादानको ‘तीजको लहर आयो बरिलै’ गीतले नेपाली हिन्दु महिलाका लागि तीज महत्वपूर्ण पर्व भएको भाव व्यक्त गर्छ। तीजसँग सम्बन्धित यो पुरानो गीत […]
प्रमित विक /बाजुरा २५ साउन। यतिखेर जिल्लाका अधिकाशं क्षेत्रमा पहिरोले कसैको घर पुरिएका छन् त कसैको ज्यान नै गैसकेको छ । पहिरोको उच्च जोखिमले कसैको छ, ओतमा त्रिपाल मुनिको बास बिहान बेलुका ज्यान कसरी बचाउने भन्ने चिन्तामा छन् । त्यस्तै बाजुरा जिल्ला गौमुल गाउँपालिका वडा नं. ६ शान्तीटोलमा गएको साता घर माथिबाट आएको पहिरोले परिएर […]
काठमाडौं – कैदीलाई प्रजनन अधिकार दिनेगरी कारागार ऐनको मस्यौदा तयार भएको छ। गृहमन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार गरेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ। मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौन सम्पर्कका लागि दम्पती भेटको विशेष व्यवस्था गरिने उल्लेख छ। मस्यौदा अनुसार कैदीबन्दीको उमेर, […]