होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • कांग्रेसको दोस्रो चरणको जागरण अभियान आजबाट
पत्रपत्रिका

कांग्रेसको दोस्रो चरणको जागरण अभियान आजबाट

  • नागरिक रैबार
कांग्रेसको दोस्रो चरणको जागरण अभियान आजबाट

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान आजबाट देशभर एकैसाथ सुरु गर्दै छ । हरेक प्रदेशसभा क्षेत्रमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियान सुरु गरिने छ ।

कांग्रेस संस्थापक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर सुरु गरिएको अभियानको उदघाटन १०६ वटा बिरुवा नै रोपेर गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । समग्रमा देशभर ३४ हजार ९ सय ८० बिरुवा रोपिने उनले बताए ।

प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्दि्रत कार्यक्रमका लागि ३३० प्रतिनिधिहरु सम्बन्धित क्षेत्रमा खटिएका छन् । १५ दिने अभियानको अन्तिम दिन असोज ७ गते ७७ जिल्लामा एकसाथ प्रदर्शन गरिनेछ ।

विज्ञापन

जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्दि्रत विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडास्तरीय अन्तर्क्रिया, स्थानीय तहको दुई वर्षे समीक्षा कार्यक्रम, पार्टी प्रवेश लगायतका कार्यक्रम हुने छन् । साथै केन्द्रीय प्रतिनिधिहरुले सम्बन्धित क्षेत्रका अग्रजहरु, सहिद परिवारहरु, द्वन्द्वकालका घाइतेहरु एवं विभिन्न आन्दोलनका घाइतेहरुको घरमै पुगेर अवस्था बुझ्ने र सल्लाह सुझावहरु संकलन गर्ने कांग्रेसले जनाएको छ ।

स्वदेश र विदेशमा रहेका सबैलाई उत्साहपूर्वक जागरण अभियानमा सरिक हुन नेपाली कांग्रेसले आह्वानसमेत गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार