होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मृत अवस्थामा फेला परेकाे चितुवा वन कार्यालयमा गाडियो
Breaking News

मृत अवस्थामा फेला परेकाे चितुवा वन कार्यालयमा गाडियो

  • नागरिक रैबार
मृत अवस्थामा फेला परेकाे चितुवा वन कार्यालयमा गाडियो

नागरिक रैबार/बाजुरा २३ असाेज। खप्तड छेडेदह गाउँपालिका वडा न–७ मा एक बयस्क चितुवा मृत अवस्थामा फेला पारिएको छ ।  खप्तड छेडेदह गाउँपालिका–७ हारणीखोला सामुदायीक बनमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन बन कार्यालय बाजुराले जनाएको छ ।

बुधबार दिउँसो स्थानीय गोरु चराउन गएको अबस्थामा चितुवालाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । प्रहरीलाई खवर पश्चात प्रहरीले डिभिजन बन कार्यालयमा खवर गरि पोष्ट मार्टमका लागी सदरमुकाम ल्याइएको डिभिजन बन कार्यालयका निमित्त प्रमुख हरिनारायण कुमार सुरैत यातदले बताए ।

डिभिजन बन कार्यालयका अनुसार १ सय ९३ सेन्टीमिटर ६८ सेन्टीमिटर उचाई, लम्बाई भएको चितुवा केहि दिन अगाडी मात्र मरेर गन्हाएको अवस्थामा फेला परेको डिभिजन बन कार्यालयका निमित्त प्रमुख हरिनारायण कुमार सुरैत यातदले बताए ।

विज्ञापन

मृत फेला परेको पोथी चितुवालाई सदरमुकाम ल्याएर पोष्टमार्टम गरि गाडिएको डिभिजन निमित्त प्रमुख यादवले बताए । चितुवाको शरीरमा कुनै घाउ तथा चोटपटक नरहेको र कसैले बिसादि प्रयोग गरिएको हुनसक्ने पशु बिज्ञ केन्द्रका चिकित्सक शिद्धराज जोशीले बताएका छन् । जिल्ला सदरमुकाम पु¥याईएको मृत चितुवाको जिल्ला प्रशासन जिल्ला प्रहरी कार्यालय डिभिजन बन कार्यालय र नेपाल पत्रकार महासघ बाजुरा लगायतका प्रतिनिधीको रोहबरमा पोष्टमार्टम गरि बन डिभिजनको प्राङ्गणमै खाडल खनेर गाडेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार