होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते
समाचार

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते

  • नागरिक रैबार
दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते
फाइल फोटो

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुरमा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा श्रीमान र छोरा घाइते भएका छन्।

मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८च ५३१६ नम्बरको जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं ३–००–०१ प ८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। स्कुटरमा सवार भरतपुर महानगरपालिका-११ का ३० वर्षीया शोभा धितालको मृत्यु भएको छ।

गएराति भएको दुर्घटनामा शोभाका श्रीमान ३६ वर्षीय सुरज धिताल र ९ वर्षीय अर्पण घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए। घाइते बावुछोराको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। रासस

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार