होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • नेपालले युएईलाई दियो २८६ रनको विशाल लक्ष्य
खेलकुद

नेपालले युएईलाई दियो २८६ रनको विशाल लक्ष्य

  • नागरिक रैबार
नेपालले युएईलाई दियो २८६ रनको विशाल लक्ष्य

काठमाडौं, भदौ २४ ।  श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई जितका लागि २८६ रनको फराकिलो लक्ष्य दिएको छ ।

एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८५ रन बनायो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ८४ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।

विज्ञापन

यस्तै सन्दीप जोराले ४८ रन बनाउदा आसिफ शेखले ४५ रन बनाए । त्यस्तै राशिद खानले ४४ र कमल सिंह ऐरीले ४१ रन बनाए ।

आज नेपाल युएईलाई हराउँदै सान्त्वना जित निकाल्ने योजनामा रहेको छ । नेपाल एक जितसहित घर फर्कन चाहन्छ । त्यसका लागि नेपाल तुलनात्मक कमजोर टिम युएईलाई शिकार बनाउने योजनामा हुनेछ ।

तर, युएईविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । युएई पनि सान्त्वना जित निकाल्दै घर फर्कन चाहन्छ । समूह ‘बी’ मा दुई खेल गुमाएको नेपाल अंक विहिन रहदै तेस्रो स्थानमा छ । युएई पुछारमा छ ।

नेपालले पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो ।  दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदा नेपालको सेमिफाइनल सम्भावना सकिएको थियो । यस समूहबाट आयोजक श्रीलंका र बंगलादेश सेमिफाइनल पुगिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार