होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रको दोस्रो चरण छनोटको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ। बिहीबार राति भएको खेलमा कुवेतसँग भएको समूह चरणको पहिलो खेलमा नेपालले ७-० को हार व्यहोरेको हो । नेपालविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको कुवेतले पहिलो हाफमा २ र दोस्रो हाफमा ५ गोल गरेको हो । ६ मिनेटमै […]
२० भदौ, दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले बन्दुक पड्काएर समाजवाद नआउने भएकाले मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गरे । ‘बन्दुक पड्काएर समाजवादको यात्रामा पुगिँदैन’, तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको […]
वीरगन्ज — वीरगन्ज महानगरपालिका रेशमकोठीमा रहेको त्रिभुवन उच्चमाविमा कक्षा ९ मा अध्ययनरत एक छात्रामाथि शुक्रबार बिहान एसिड प्रहार भएको छ । छपकैया-२ निवासी १५ वर्षीया मुस्कान खातुनलाई दुई जना युवाहरुले गणेशमान चोक जाने गल्लीमा एसिड प्रहार गरेका प्रहरीले जनाएको छ। एसिड प्रहारले छात्राको शरिरको एक भाग जलेको प्रहरीले जनाएको छ। एसिड प्रहारबाट मुख, हात, छाती […]
काठमाडौँ — राजधानीलगायत देशैभरि डेंगु संक्रमण बढेको छ । मन्त्री र उपचारमा संलग्न चिकित्सकहरू पनि बिरामी परेका छन् । देशैभरि डेंगुको संक्रमण फैलिइरहँदा सरकार भने औलो नियन्त्रणका उपाय खोज्न थालेको छ । राजधानीमा मात्रै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका २ चिकित्सकसहित १० जना, नेपाल जनस्वास्थ्य प्रयोगशालाका दुई र इपिडिमियोलजी तथा […]
हाँस्य सिरियल ‘भद्रगोल’को प्रशारण रोकिएको छ । टेलिभिजन र युटुबमा राम्रो दर्शक बटुल्न सफल यो हाँस्य सिरियल नयाँ आर्थिक बर्ष लागेसँगै प्रशारण भएको छैन । आखिर किन रोकियो त ‘भद्रगोल’ ? श्रृखला निर्देशक दीपक आचार्य भन्छन्–‘नयाँ आर्थिक वर्ष सुरु भएपछि विज्ञापन एजेन्सीसँग सम्झौता नविकरण गर्नुपर्ने हुन्छ । त्यो अहिले भएको छैन । आन्तरिक कुराहरु नमिलेकाले […]
२१ साउन, काठमाडौं । नेपालमा आत्महत्या गर्नेको संख्या दिनहुँ बढिरहेको छ । अघिल्लो वर्षको तुलनामा आत्महत्या गर्नेको दर ८ प्रतिशतले बढेको प्रहरी तथ्यांकले देखाउँछ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरणअनुसार दैनिक सरदर १६ जनाले अप्राकृतिक मृत्युको बाटो रोज्ने गरेका छन् । प्रहरीमा दर्ता मुद्दाको विवरण हेर्ने हो भने ज्यान मुद्दापछि सबैभन्दा बढी आत्महत्या भएको […]
नागरिक रैबार/ बाजुरा २१ साउन। बाजुरामा विप्लव समूहका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । कोल्टी बाट प्रहरी नायव निरिक्षक शेरबहादुर कुँवरको कमाण्डमा खटिएको प्रहरीको टोलीले बाजुराको बुढीनन्दा नगरपालिका वडा नं. ६ खरकाँडा भन्ने स्थानबाट सोही वडाका विप्लव समूहका २३ वर्षिया लालबहादुर शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका […]
नागरिक रैबार/बाजुरा २१ असार। प्रतिनिधि सभा सदस्य एंव् माननीय सांसद लालबहादुर थापाले पुर्वाधार विकास योजनाहरुको अनुगमन गर्नु भएको छ । शनिबार विहान बडीमालिका नगरपालिकामा वडा नं.८ खर्रामा पुर्वाधार विकास निर्माण योजना अन्तरगत निर्माण सम्पन्न भएको खर्रा सिंचाई कुलोको अनुगमन गर्नु भएको हो । पुर्वाधार विकास निर्माण योजना अन्तरगत १५ लाख र स्थानीयको ३ लाख रकम […]
बाजुरा, २१ असार । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिए । सो स्थानमा […]
काठमाडौं | बिवाह सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्कासंगै जीवन व्यतित गर्ने सम्बन्ध हो। जहाँ विवाहले दुई परिवारबिच नयाँ नाता, सम्बन्ध जोड्ने गरिन्छ । | विवाहले मानव जीवनमा ठुलो भूमिका राख्दछ | विवाहपश्चात दुईको मिलन मात्र हुँदैन त्यहाँ दुईबीच हरेक सुख दुख साटासाट पनि हुन्छ | सन्तान जन्माउने, हुर्काउने, बढाउने लगायत नयाँ जिम्वेवारी विवाहपछी […]
नागरिक रैबार/बाजुरा २१ असार । जिल्लाका विभिन्न विद्यालयमा खेल प्रशिक्षकहरुको रुपमा रहेका शिक्षकहरुका लागि सदरमुकाम मार्तडीमा २ दिने खेलकुद प्रशिक्षण तालिम सूरु भएको छ । गुणस्तरिय शिक्षाका लागि शाररीक स्वास्थ्य, बिद्यालयतह देखी नै योगाअभ्यास र खेलकुदमा सहभागीता भन्ने मुल उद्देश्यका साथ उक्त कार्यक्रम सूरु गरिएको हो । सुदुरपश्चिम प्रदेश सरकार अन्तरगत सामाजिक बिकास मन्त्रालयको आयोजना […]
काठमाडौं : शनिबार दिउँसो सवा ४ बजे काठमाडौं उपत्यकामा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। लामो समयपछि शनिबार राजधानीलगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भक्तपुर केन्द्र भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो। उपत्यकामै केन्द्र भएकाले राजधानीमा ठूलो झड्का महसुस भएको थियो।अन्नपुर्ण पोष्टबाट
बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ कि सम्झाना श्री, उमेरले १६ बर्षमा लागेकी छिन्। तर १६ बर्षको कलिलो उमेरमै उनले पाएको दुखकष्टको सुची भने धेरै लामो बन्छ। राम्रोसंग सम्झना पनि छैन् उनलाई, जव बुवा र आमाको डिभोर्स भयो। काखमा खेल्ने उमेरमा बुवाले दोश्रो विवाह गरेर छोडेर गएपछि सम्झना आमासंगै मामा घर फर्किन। घर नजिकै रहेको […]
आज देशका पश्चिमी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन बाढी पुर्वानुमान विभागले आग्रह गरेको छ। एक सूचना जारी गर्दै विभागले पश्चिम नेपालका डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर, वर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुका सम्म बहाव उच्च हुने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने भन्दै […]
दर्शकहरुको लामो समयको प्रतिक्षापछि दीपक र दीपाको चलचित्र छक्का पन्जा २ नेपाली चलचित्र बाहिर आएको छ । दर्शकले अत्यधिक मेकरलाई सोधेको प्रश्न हो , ‘छक्का पञ्जा २’ युट्युबमा कहिले आउछ ? यतिबेला फिल्म युट्युबमा नआएता पनि iflix app भने उपलब्ध भएको छ । अर्थात् फिल्मलाई आइफ्लिक्समा हेर्न सकिनेछ । फिल्म को प्रतीक्षामा रहेका दर्शकले सोसल […]
काठमाडौं : गाईजात्रा छेको पारेर स्ट्यान्डप कमेडी ‘कमेडी च्याम्पियन’ दर्शकमाझ आउने भएको छ। प्रतियोगितामूलक यो कमेडी रियालिटी सोलाई ‘३ प्रोडक्सन’ ले निर्माण गर्न लागेको हो। कार्यक्रमका निर्देशक विशाल भण्डारीले बिहीबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरी अडिसनको तयारीमा रहेको जानकारी गराए। भण्डारीका अनुसार यो प्रतियोगितामा हास्यव्यंग्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र […]
प्रमित विक/ बाजुरा २१ असार । सदरमुकाम मार्तडीबाट अन्य गाउँपालिका तथा नगरपालिकाका विभिन्न गाँउ–गाउँमा चल्ने यातायातका साधानहरु लगातारको वर्षाका कारण बन्द भएका छन् । जिल्लामा शुक्रबार बाट निरन्तर वर्षा भएपछि जिल्लाका अधिकाँस ग्रामिण सडकहरु हिलाम्मे बनेका छन् । शुख्खा समयमा निरन्तर संचालन भईरहेका सडकहरु यति वेला निरन्तर वर्षा हुन थालेपछि सडक हिलाम्मे र सडक माथिबाट […]
जाजरकोट – शुक्रबार बिहानै सिँचाइ डिभिजन कार्यालय र आशा कार्यक्रमको अनुगमनमा भेरी नगरपालिका ८, ९ लगायतका ठाउँमा जिल्लाका सरकारी अधिकारी पुग्दा त्यहाँ स्कूले बालबालिका पढाइ खर्च जुटाउन एकनासले काम गरिरहेका थिए। उनीहरु असार १५ गते विद्यालय बन्द भएपछि पढाइ खर्च जुटाउन विकास निर्माणको काममा सक्रियतापूर्वक लागेको बताउँछन्। उमेर छिपिएका मानिस काममा आउँदा काम ढिलो गर्नुका […]
काठमाडौं, असार २१। इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ। शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा पाकिस्तान बंगलादेशलाई ९४ रनले पराजित गरेको हो। लिग चरणको अन्तिम खेलमा जित निकालेपनि पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको छ। बंगलादेश यस अघि नै विश्वकपबाट बाहिरिसकेको छ। पाकिस्तानलाई सेमिफाइनल पुग्न बंगालदेशमाथि ३ सय ८ रनको […]
काठमाडौं, असार २१। नेपालमा मनसुन प्रवेश गरेको दुई साता बिते पनि सक्रिय हुन अझै एक साता लाग्ने भएको छ। गत वर्षभन्दा १२ दिन ढिला गरी भित्रिएको मनसुन सक्रिय नहुँदा खेतीपातीमा प्रतिकूल असर परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्यभारतमा रहेको मनसुन पश्चिम नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने छ। महाशाखाका मौसमविद् राजु प्रधानाङ्गाले मनसुन अहिले निष्क्रिय […]