होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालमा मनसुन सक्रिय हुन एक साता लाग्ने
समाचार

नेपालमा मनसुन सक्रिय हुन एक साता लाग्ने

  • नागरिक रैबार
नेपालमा मनसुन सक्रिय हुन एक साता लाग्ने

काठमाडौं, असार २१। नेपालमा मनसुन प्रवेश गरेको दुई साता बिते पनि सक्रिय हुन अझै एक साता लाग्ने भएको छ। गत वर्षभन्दा १२ दिन ढिला गरी भित्रिएको मनसुन सक्रिय नहुँदा खेतीपातीमा प्रतिकूल असर परेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्यभारतमा रहेको मनसुन पश्चिम नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने छ। महाशाखाका मौसमविद् राजु प्रधानाङ्गाले मनसुन अहिले निष्क्रिय अवस्थामा रहेको बताउँदै सक्रिय हुन अझै केही दिन लाग्ने उल्लेख गरे। तत्काल झमझम पानी पर्ने सम्भावना देखिन्न भन्दै प्रधानाङ्गले मध्यभारतमा रहेको न्यून चापीय क्षेत्र बिस्तारै माथि सरिरहेको प्रस्ट्याए।

गत वर्ष असार तेस्रो साता भारी वर्षा भएको थियो तर यस वर्ष मनसुन ढिला गरी नेपाल प्रवेश गरेकोमा पोहोरको अपेक्षामा सक्रिय हुन समय लागेको महाशाखाका अर्का मौसमविद् शान्ति कँडेल बताउँद्नुछन्। उनले एकनासले सबैतिर पानी पर्ने सम्भावना नरहेको भन्दै खण्ड–खण्डमा सामान्य रूपमा क्षणिक वर्षा हुने सम्भावना देखिएको बताउनुभयो। मनसुन सक्रिय हुन आवश्यक ‘म्याइस्चर’ अझै आइसकेको छैन।

विज्ञापन

कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले समयमै मनसुन सक्रिय भएर भारी वर्षा नहुँदा मध्यपहाडी क्षेत्रमा धान लगाउन ढिला भएको बताउनुभयो। गत वर्ष असार १५ सम्म २० प्रतिशत धान रोपाइँ भएको थियो।

यस वर्ष असार २० गतेसम्म १५ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ। धान उत्पादनको पकेट क्षेत्र मानिने मध्य तथा पूर्वी मधेसका जिल्लामा भने हालसम्म ११ प्रतिशत मात्रै रोपाइँ भएको छ।  वार्षिक १४ देखि १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। पचास प्रतिशत क्षेत्रफल झापादेखि पर्सासम्मको मध्य तथा पूर्वी मधेसका ११ जिल्लाले ओगटेको छ। आजको साभार गाेरखापत्रबाट  ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै