होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • विवाह गरेको एक घण्टामै बच्चा जन्मिएपछि…
अन्तर्राष्ट्रिय

विवाह गरेको एक घण्टामै बच्चा जन्मिएपछि…

  • नागरिक रैबार
विवाह गरेको एक घण्टामै बच्चा जन्मिएपछि…

काठमाडौं | बिवाह सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्कासंगै जीवन व्यतित गर्ने सम्बन्ध हो। जहाँ विवाहले दुई परिवारबिच नयाँ नाता, सम्बन्ध जोड्ने गरिन्छ । | विवाहले मानव जीवनमा ठुलो भूमिका राख्दछ | विवाहपश्चात दुईको मिलन मात्र हुँदैन त्यहाँ दुईबीच हरेक सुख दुख साटासाट पनि हुन्छ |

सन्तान जन्माउने, हुर्काउने, बढाउने लगायत नयाँ जिम्वेवारी विवाहपछी थपिन्छन | साधारणतया विवाह गरेको १० महिनापश्चात मात्र नयाँ शिशु जन्मन्छन् | तर अमेरिकमा एक जोडीले विवाह गरेको एक घण्टापछि बच्चा जन्माएका छन् ।

विज्ञापन

अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर ‘पेटे बुटिगिग’ले मेरी र गाबेले बिहान सवा आठ बजे आफ्नो अफिसमा आएर बच्चा जन्मनु अघि विवाह गराइदिन आग्रह गरेको बताए ।

अफिसका अन्य कर्मचारी साक्षीको रुपमा उपस्थित भए भने औंठी तयार नभएकाले एक अर्कालाई रिबन लगाइदिएर विवाह बन्धनमा बाँधिए । त्यसपछि मेरीले डाक्टरसँग ९ बजेको समय लिइन् ।

उनले छोरीलाई जन्म दिएकी छिन् । जेड क्याथरिन जोन्स साउथ ब्रेन्डकी सबैभन्दा नयाँ निवासी भएको मेयर बुटिगिगले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

उनले बालिकाको तस्बिर पोष्ट गर्दै लेखे, ‘मेरो कार्यकालको समाप्तिमा मलाई यो कुरा विशेष याद रहनेछ । नवविवाहित र नयाँ आमा–बुवालाई बधाई । जेड, तिमीलाई यो मायालु संसारमा स्वागत छ । एजेन्सीको सहयोगमा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि