होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • सांसद थापाद्धारा पुर्वाधार विकासका योजनाहरुको अनुगमन
बाजुरा बिशेष

सांसद थापाद्धारा पुर्वाधार विकासका योजनाहरुको अनुगमन

  • नागरिक रैबार
सांसद थापाद्धारा पुर्वाधार विकासका योजनाहरुको अनुगमन

नागरिक रैबार/बाजुरा २१ असार। प्रतिनिधि सभा सदस्य एंव् माननीय सांसद लालबहादुर थापाले पुर्वाधार विकास योजनाहरुको अनुगमन गर्नु भएको छ ।
शनिबार विहान बडीमालिका नगरपालिकामा वडा नं.८ खर्रामा पुर्वाधार विकास निर्माण योजना अन्तरगत निर्माण सम्पन्न भएको खर्रा सिंचाई कुलोको अनुगमन गर्नु भएको हो ।

पुर्वाधार विकास निर्माण योजना अन्तरगत १५ लाख र स्थानीयको ३ लाख रकम बराबरको जन श्रमदानमा करिब १८ लाखको लागतमा उक्त ठाउँमा सिचाई कुलो निर्माण भएको थियो ।

विज्ञापन


२ सय ९६ मिटर लामो सिंचाई कुलो निर्माण भएपछि बडीमालिका नगरपालिका ८ का ३ सय परिवार लाभान्वित भएका छन् ।
अनुगमनमा माननीय सांसद लालबहादुर थापा, बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थराज भट्टराई, बडीमालिका ९ का अध्यक्ष विनोद कुमार विक, नेकपा नेता काँशी विक, नेकपा नेता तथा दलित अधिकारकर्मी गोरखबहादुर शार्की लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार