होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बढ्यो आत्महत्या, दैनिक १६ जनाले रोज्छन् अप्राकृतिक मृत्यु
समाचार

बढ्यो आत्महत्या, दैनिक १६ जनाले रोज्छन् अप्राकृतिक मृत्यु

  • नागरिक रैबार
बढ्यो आत्महत्या, दैनिक १६ जनाले रोज्छन् अप्राकृतिक मृत्यु
२१ साउन, काठमाडौं । नेपालमा आत्महत्या गर्नेको संख्या दिनहुँ बढिरहेको छ । अघिल्लो वर्षको तुलनामा आत्महत्या गर्नेको दर ८ प्रतिशतले बढेको प्रहरी तथ्यांकले देखाउँछ ।

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरणअनुसार दैनिक सरदर १६ जनाले अप्राकृतिक मृत्युको बाटो रोज्ने गरेका छन् । प्रहरीमा दर्ता मुद्दाको विवरण हेर्ने हो भने ज्यान मुद्दापछि सबैभन्दा बढी आत्महत्या भएको देखिन्छ ।

केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा ५ हजार ७५४ जनाले आत्महत्या गरेका छन् । अघिल्लो आर्थिक वर्षमा ५ हजार ३१७ जनाले आत्महत्या गरेका थिए ।

त्यस्तै, आर्थिक वर्ष ०७३/०७४ मा ५ हजार १२४, ०७२/०७३ मा ४ हजार ६८० र ०७१/०७२ मा ४ हजार ३ सय ३२ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

सबैभन्दा बढी झुण्डिएर आत्महत्या

विज्ञापन

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले गरेको अध्ययनमा सबैभन्दा बढी झुण्डिएर मानिसले आत्महत्या गरेको पाइएको छ । यसरी आत्महत्या गर्नेको संख्या आर्थिक वर्ष ०७५/०७६ मा ४ हजार ३१२ थियो भने ०७४/०७५ मा ३ हजार ८ सय ६८ जनाले झुण्डिएर प्राण त्यागेका थिए ।

दोस्रोमा विष खाएर आत्महत्या गर्नेको संख्या उल्लेख्य देखिन्छ । आर्थिक वर्ष ०७५/०७६ मा १ हजार ३२० जनाले विष खाएर आत्महत्या गरेका छन् । अघिल्लो आर्थिक वर्षमा १ हजार ३६३ जनाले विषय पिएका थिए ।

पानीमा हाम फालेर मृत्यु हुनेको संख्या ३० छ । आर्थिक वर्ष ०७४/०७५ मा चाहिँ ११ जनाले पानीमा हाम फालेर प्राण त्यागेका थिए । अग्लो स्थानबाट हाम फालेर आत्महत्या गर्नेको संख्या ४८ छ भने आर्थिक वर्ष ०७४/०७५ मा ५० थियो ।

आफैंलाई करेन्ट लगाएर आत्महत्या गर्नेको संख्या आर्थिक वर्ष ०७५/०७६ मा ४ छ भने अघिल्लो आर्थिक वर्षमा एक जनाले यसरी मृत्युवरण गरेका थिए । अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार