होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • विश्वकप छनोट : कुवेतसँग नेपालको फराकिलो हार
खेलकुद

विश्वकप छनोट : कुवेतसँग नेपालको फराकिलो हार

  • नागरिक रैबार
विश्वकप छनोट : कुवेतसँग नेपालको फराकिलो हार

काठमाडौं  : सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रको दोस्रो चरण छनोटको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ। बिहीबार राति भएको खेलमा कुवेतसँग भएको समूह चरणको पहिलो खेलमा नेपालले ७-० को हार व्यहोरेको हो । नेपालविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको कुवेतले पहिलो हाफमा २ र दोस्रो हाफमा ५ गोल गरेको हो ।

६ मिनेटमै कुवेतले अग्रता बनाएको थियो । १३औं मिनेटमा दोस्रो गोल खाई २-० ले पछि परेको नेपालले कुवेतका धेरै प्रहार विफल बनाए पनि खेलमा फर्कन सकेन । कुवेतले त्यसपछि ५०औं, ५९औं, ६७औं मिनेटमा गोल ग¥यो । ९० मिनेटपछि थपिएको चौथो र ७औं मिनेटमा पनि नेपालले गोल खायो ।

 नेपालले अर्को खेल मंगलबार चाइनिज ताइपेइसँग खेल्नेछ । लामो तयारी गरी कुवेत गएको नेपालले पहिलो खेलमा नै निराशाजनक प्रदर्शन गर्‍यो ।

विज्ञापन

बलियो कुवेतलाई कम्तिमा बराबरीमा रोक्ने नेपालको लक्ष्य सफल हुन सकेन् । नेपाल र कुबेतबीच यसअघि ६ पटक भिडन्त भएको थियो। कुबेत पाँच खेलमा विजयी भएको छ। एक खेल बराबरीमा सकिएको छ। दुई टोलीबीच पछिल्लो पटक गत मार्चमा मैत्रीपूर्ण खेल भएको थियो। उक्त खेलमा नेपाल १–० गोलले पराजित भएको थियो। फिफा वरीयतामा पनि कुबेत केही बलियो छ। कुबेत १५६औं र नेपाल १६६औं स्थानमा छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार