होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • किन रोकियो ‘भद्रगोल’ ?
पत्रपत्रिका

किन रोकियो ‘भद्रगोल’ ?

  • नागरिक रैबार
किन रोकियो ‘भद्रगोल’ ?

हाँस्य सिरियल ‘भद्रगोल’को प्रशारण रोकिएको छ । टेलिभिजन र युटुबमा राम्रो दर्शक बटुल्न सफल यो हाँस्य सिरियल नयाँ आर्थिक बर्ष लागेसँगै प्रशारण भएको छैन । आखिर किन रोकियो त ‘भद्रगोल’ ? श्रृखला निर्देशक दीपक आचार्य भन्छन्–‘नयाँ आर्थिक वर्ष सुरु भएपछि विज्ञापन एजेन्सीसँग सम्झौता नविकरण गर्नुपर्ने हुन्छ ।

त्यो अहिले भएको छैन । आन्तरिक कुराहरु नमिलेकाले हामीले सिरियल प्रशारण गर्न नसकेका हौं । मिडिया हवसँग सम्झौता भएसँगै सिरियल पुन प्रशारण हुन्छ ।’यो सिरियल रोकिएपछि टिमले दर्शकको गाली पाइरहेको छ ।

गाली पनि गुनासो र मायाको लागि भएको दीपकको तर्क छ । अहिले ‘भद्रगोल’को कुनै पनि श्रृङ्खला छायांकन भएको छैन । संझौता भएपछि मात्र नयाँ भाग छायांकन गर्ने दीपकको भनाई छ । यसअघि पनि आर्थिक कुरा नमिल्दा ‘भद्रगोल’को प्रशारण रोकिदै आएको थियो । अनलाइनखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार