होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • विद्यालय तहको खेलकुद प्रशिक्षण तालिम मार्तडीमा सूरु
Breaking News

विद्यालय तहको खेलकुद प्रशिक्षण तालिम मार्तडीमा सूरु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
विद्यालय तहको खेलकुद प्रशिक्षण तालिम मार्तडीमा सूरु

नागरिक रैबार/बाजुरा २१ असार । जिल्लाका विभिन्न विद्यालयमा खेल प्रशिक्षकहरुको रुपमा रहेका शिक्षकहरुका लागि सदरमुकाम मार्तडीमा २ दिने खेलकुद प्रशिक्षण तालिम सूरु भएको छ ।
गुणस्तरिय शिक्षाका लागि शाररीक स्वास्थ्य, बिद्यालयतह देखी नै योगाअभ्यास र खेलकुदमा सहभागीता भन्ने मुल उद्देश्यका साथ उक्त कार्यक्रम सूरु गरिएको हो ।
सुदुरपश्चिम प्रदेश सरकार अन्तरगत सामाजिक बिकास मन्त्रालयको आयोजना तथा शिक्षा विकास तथा समन्वय ईकाई बाजुराको समन्वयमा उक्त २ दिने तालिम जिल्ला सदरमुकाम मार्तडीमा सूरु भएको हो ।
विद्यालयमा पढाई संगै खेलक्षेत्रमा विद्यालयको विकास गराउन शिक्षकहरुले निभाउनु पर्ने भुमिकाको बारेमा प्रमुख जानकारी दिलाउने उद्देश्यका साथ मार्तडीमा संचालन गरिएको उक्त प्रशिक्षण तालिममा जिल्ला भरिका ३९ वटा विद्यालयबाट खेलप्रंशिक्षक शिक्षकहरु सहभागि भएका छन् ।


प्रशिक्षण तालिमको पहिलो दिन एथलेटिक्स, भलिबल, क्रिकेट, कराते खेलको बारेमा सिकाउने र भोली योगाअभ्यास र विद्यालयमा खेलकुद निर्देशिकाको बारेमा तालिममा सहभागि शिक्षकहरुलाई जानकारी दिईने आयोजक तथा मालिका माविका खेलप्रशिक्षक शिक्षक उत्तमराज जोशीले बताएका छन् ।
मालिका माविका प्राचार्य शुभराज पाध्यायको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा बडिमालिका नगरपालिका प्रमुख पदम बडुवाल प्रमुख अतिथि रहेका थिए भने शिक्षा विकास तथा समन्वय ईकाई बाजुराका प्रमुख गोपालदत्त जोशी विशिष्ट अतिथि रहेका थिए । कार्यक्रमको संचालन मालिका माविका खेल प्रशिक्षक शिक्षक उत्तमराज जोशीले गरेका थिए ।
२ दिन सम्म संचालन हुने प्रशिक्षण तालिमको उद्धघाटन कार्यक्रमको मालिका माविका प्राचार्य शुभराज पाध्यायले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै