होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वीरगन्जमा छात्रामाथि एसिड प्रहार
समाचार

वीरगन्जमा छात्रामाथि एसिड प्रहार

  • नागरिक रैबार
वीरगन्जमा छात्रामाथि एसिड प्रहार

वीरगन्ज — वीरगन्ज महानगरपालिका रेशमकोठीमा रहेको त्रिभुवन उच्चमाविमा कक्षा ९ मा अध्ययनरत एक छात्रामाथि शुक्रबार बिहान एसिड प्रहार भएको छ । छपकैया-२ निवासी १५ वर्षीया मुस्कान खातुनलाई दुई जना युवाहरुले गणेशमान चोक जाने गल्लीमा एसिड प्रहार गरेका प्रहरीले जनाएको छ। एसिड प्रहारले छात्राको शरिरको एक भाग जलेको प्रहरीले जनाएको छ।

एसिड प्रहारबाट मुख, हात, छाती पाखुरामा घाउ भएको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए। गल्लीमा रहेको एक सैलुनमा पहिलादेखि नै ढुकेर बसेका दुई जना युवाले छात्रामाथि एकाएक एसिड प्रहार गरी भगेका प्रत्यक्षदर्शीले बताए।

प्रत्यक्षदर्शीका अनुसार ती छात्रा सोही बाटो भएर दैनिक विद्यालय जाने गरेको थिइन। बिहान करिव साढे ६ बजेको समयमा विद्यालय ड्रेसमा नै रहेको अवस्थामा उनी माथी एसिड प्रहर भएको डिएसपी शर्माले बताए।

विज्ञापन

खातुन कराउन थालेपछि स्थानीयले अस्पतलमा पुर्‍याएको बताएका छन्। घटनामा संलग्न आरोपमा छपकैया निवासी समसाद मियाँलाई प्रहरीले पक्राउ गरेको छ। नारायणी अस्पतालमा प्रारम्भिक उपचार पछि घाइते छात्रालाई थप उपचारको लागि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ। सभार कान्तिपुर दैनिकबाट 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार