होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा लगातार वर्षा भएपछि ग्रामिण सडक अवरुद्ध, स्थानीयलाई सास्ती
समाचार

बाजुरामा लगातार वर्षा भएपछि ग्रामिण सडक अवरुद्ध, स्थानीयलाई सास्ती

  • नागरिक रैबार
बाजुरामा लगातार वर्षा भएपछि ग्रामिण सडक अवरुद्ध, स्थानीयलाई सास्ती

प्रमित विक/ बाजुरा २१ असार । सदरमुकाम मार्तडीबाट अन्य गाउँपालिका तथा नगरपालिकाका विभिन्न गाँउ–गाउँमा चल्ने यातायातका साधानहरु लगातारको वर्षाका कारण बन्द भएका छन् ।


जिल्लामा शुक्रबार बाट निरन्तर वर्षा भएपछि जिल्लाका अधिकाँस ग्रामिण सडकहरु हिलाम्मे बनेका छन् ।
शुख्खा समयमा निरन्तर संचालन भईरहेका सडकहरु यति वेला निरन्तर वर्षा हुन थालेपछि सडक हिलाम्मे र सडक माथिबाट आएका स–साना पहिरो र ठुला खोलाहरुमा पानीको बहाब बढेपछि केही ठाउँमा यातायात संचालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्रसिंह गुरुले बताएका छन् ।

विज्ञापन

शनिबार विहानै देखि सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना, भौनेरा, पीनालेख, मार्तडी कोल्टी, कोल्टी पिलुचौर, बाम्का, तोली, छतारा, आर्टिचौर, डोगडी र काँडा लगायत जिल्लाका गाउँ–गाउँमा चल्ने यातायातका साधानहरु सदरमुकाममै अलपत्र परेका छन् ।
वर्षातको समय सुरु भएपछि सदरमुकाम मार्तडीबाट दिनहुँ चल्ने सवारीसाधानहरु सदरमुकाममै अलपत्र अवस्थामा परेपछि सयौं यात्रीहरु हिँडेर गन्तव्य स्थानसम्म जान बाध्य भएको बडीमालिका नगरपालिका १ का नृप विकले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार