होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, आज पश्चिमका धेरै र पूर्वी तथा मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकको पश्चिमी क्षेत्रका १÷२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलले तत्काल अहिले पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भइरहेको र मध्य तथा पूर्वका क्षेत्रमा भने मौसम आङ्शिक रुपमा मात्र बदली भएको […]
हुम्ला –राम्रोसंग पढाउने प्रलोभनमा हुम्लाबाट काठमाडौं पुर्याईएका १२ जना बालबालिकाहरुलाई उद्धार गरेर जिल्ला प्रशासन कार्यालयको रोहबरमा अभिभावकको जिम्मा लगाईएको छ । काठमाडौंको सुकेधारामा रहेको ऐश्वर्य बालगृहबाट फिर्ता ल्याईएका ती बालबालिकाहरुलाई उनीहरुका अभिभावकको जिम्मा लगाइएको हो । गत मंसीरमा स्थानीय एजेन्टहरुले ती बालबालिकाहरुका अभिभावकहरुसंग ३५ देखि एक लाख रुपियाँसम्म पैसा असुल गरेर ती बालबालिकाहरुलाई काठमाडौ पुर्याईएका […]
सचिवालय नौ सदस्यीय सचिवालयमा अध्यक्ष ओलीलाई महासचिव विष्णु पौडेल र सदस्य ईश्वर पोखरेलको साथ छ । अर्का अध्यक्ष प्रचण्डसँग नारायणकाजी श्रेष्ठ छन् । अहिलेसम्म खुलेर नदेखिए पनि रामबहादुर थापा ‘बादल’ प्रचण्डसँगै छन् । झलनाथ खनाल र वामदेव गौतम माधव नेपाल र प्रचण्डसँग समदूरीमा छन् । पछिल्ला बैठकहरूमा माधव नेपाल र प्रचण्ड नजिकिएको देखिन्छ । स्थायी समिति […]
नागरिक रैबार/ बाजुरा २१ असार । जिल्ला प्रहरी कार्यालय बाजुराले शनिबार विहान बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका मन्दिरको सरसफाई गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बडीमालिका नगरपालिका वडा नं. ८ मा रहेको बडीमालिका मन्दिरलाई सफा सुग्गर, स्वच्छ र पवित्र धार्मिक स्थल बनाउन प्रहरीको टोलीले सरसफाई गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनक ढुंगानाले […]