होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ५० लाखको कमेडी च्याम्पियन
मनोरञ्जन

५० लाखको कमेडी च्याम्पियन

  • नागरिक रैबार
५० लाखको कमेडी च्याम्पियन

काठमाडौं : गाईजात्रा छेको पारेर स्ट्यान्डप कमेडी ‘कमेडी च्याम्पियन’ दर्शकमाझ आउने भएको छ। प्रतियोगितामूलक यो कमेडी रियालिटी सोलाई ‘३ प्रोडक्सन’ ले निर्माण गर्न लागेको हो। कार्यक्रमका निर्देशक विशाल भण्डारीले बिहीबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरी अडिसनको तयारीमा रहेको जानकारी गराए।

भण्डारीका अनुसार यो प्रतियोगितामा हास्यव्यंग्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक छन्। विदेशी हास्य कार्यक्रमको यो कुनै फ्रेन्चाइज नभएको पुस्टि गर्दै यसमा सहभागिता जनाउनेबारे आयोजक एवम् निर्देशक भण्डारीले भने, ‘यो कार्यक्रममा भाग लिन गुगल प्लेस्टोरमा गएर कमेडी च्यम्पियनको एप्स मोबाइलमा डाउनलोड गर्ने। त्यसपछि नेपालबाट सम्पादन नगरिएको तीन मिनेटको स्ट्यान्डप कमेडी भिडियो र विदेशबाट पाँच मिनेटको सम्पादन नभएको स्ट्यान्डप कमेडी भिडियो आयोजक पक्षलाई पठाउनु पर्नेछ।’ यिनै भिडियोलाई हेरेर निर्णायकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरूले विभिन्न सहरमा कमेडी च्यम्पियनसिपको अडिसनमा सहभागी हुन पाउनेछन्।

अडिसनबाट चयन भएकाहरूमध्ये उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हुँदै उत्कृष्ट ३ लाई फाइनलमा उतार्ने पनि कार्यक्रम निर्देशक, आयोजक भण्डारीले जानकारी गराए। उत्कृष्ट तीनबाट दर्शकको भोट र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ट कमेडी च्यम्पियन घोषणा गरिनेछ। कमेडी च्याम्पियनको उपाधि विजेताले २५ लाख रुपैयाँ बराबारको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

विज्ञापन

यो कार्यक्रममा अभिनेत्री तथा नेपाल आइडलकी सञ्चालिक रीमा विश्वकर्माले सञ्चालन गर्नेछिन्। सान थापाले लेख्ने यो कमेडी च्याम्पियनको निर्मातामा अभिनेत्री केकी अधिकारीसहित राज घिमिरे र सृजा थपलिया रहनेछन्। अन्नपुर्ण पोष्टबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार