होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १९ पुस। बाजुराको जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ खाती गाउँको १ घरमा आगलागी भएको छ । मंगलबार दिउसो सोही वडाका आइते धामिकाे घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार धामीको घर नजिकै रहेको आफरबाट आगाेको झिल्काेले घरमा आगलगी भएकाे हो। खरले छाएकाे घरमा आगलागी हुँदा घर […]
माघी नजिकिएसँगै कैलाली र कञ्चनपुरका थारु बस्तीमा माघीको रौनक बढ्न थालेको छ। माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन। यो पर्वका अवसरमा थारु बस्तीमा गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ। गाउँगाउँमा रातभर आगो बाल्न दाउरा संकलन, धान, चामल कुटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारू समुदायका […]
धनगढी — सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्याकालको पहिलो बैठकमै नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले माघदेखि कुनै पनि बैठक चल्न नदिने चेतावनी दिएका छन् । सभामुखको भूमिका निर्वाह गरिरहेका जेष्ठ सदस्य मानबहादुर रावलले सोमबार बसेको पहिलो बैठकमा दलका मुख्य नेताको मन्तव्यका लागि विशेष समय छुट्याएका थिए । मन्तव्यका क्रममा नागरिक उन्मुक्तिका सांसद चौधरीले माघभित्रै टीकापुर घटनाका […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै त्यसको व्यवस्था मिलाउन आग्रह गरेका छन् । संघीय संसद्को पहिलो बैठक पुस २५ गते बोलाइएको छ।
काठमाडौं । आगामी तीन दिन देशभर अत्याधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् । पछिल्लो केही दिन यता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ । […]
नागरिक रैबार/बाजुरा १७ पुस। कृषि ज्ञान केन्द्र बाजुराले बडीमालिकाका कृषकहरुलाई आलुको विउ वितरण गरेको छ । ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा नगरपालिकाको ८ र ९ का आलु खेती गर्ने कृषकहरुलाई हिउँदे आलुको बीउ वितरण गरेको हो । ज्ञान केन्द्रले बडीमालिका ८ र ९ का १ हजार बढी कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुको विउ वितरण गरेको […]
नागरिक रैबार/बाजुरा १७ पुस। बाजुराको बेतालमाण्डौ डेल्टा सडक खण्ड अन्तरगत बार्जुगाड खोलामा ७ बर्ष देखि निर्माण कार्य अलपत्र रहेको स्टिल ट्रस व्रिज पक्कि पुलको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले अनुगमन गरेका छन् । खप्तड छेडेदह गाँउपालिका ३ र बुढिगंगा नगरपालिका ४ को बार्जुगाड खोलामा निर्माणाधिन रहेको स्टिल ट्रस व्रिज पक्की पुल निर्माण कार्य ७ बर्ष […]
नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा नरेश कुमार शाही चयन भएका छन् । बाजुरा निर्वाचन क्षेत्र (क) बाट विजयी शाही दलको प्रमुख सचेतक बनेका हुन् । नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेतामा दीर्घ सोडारीलाई चयन गरेको छ । पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको […]
नागरिक रैबार/बाजुरा १५ पुस।बाजुराको बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनीको प्रयास भएको छ । नगरपालिकामा प्राविधिक कर्मचारीको नियुक्तीको विषयलाई लिएर विहिबार राति पालिकाको कार्यालयमा आगजनीको प्रयास गरेको नगरप्रमुख जनक कुमार बोहराले बताएका छन् । विहिबार रातिको आगलागीको प्रयासबाट पालिकाको जेनेरेटर मेसिन, मुख्य ढोका, र पालिकाको नयाँ भवन अगाडी राखिएको जिआईजेडको गाडीमा समेत तोडफोड भएको नगरप्रमुख बोहराले बताएका […]
धनगढी । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावल(६८) ले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि रावलले दिउँसो साढे १ बजे प्रदेशसभा भवनमा अन्य ५२ जनालाई शपथ ग्रहण गराउने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए […]
धनगढी: सुदूरपश्चिममा आज सबैभन्दा लामो रात तथा पुषे पन्ध्रका रुपमा धुमधामसंग मनाइँदै छ। आजको रात सबैभन्दा लामो हुने विश्वास भएकाले आजको रातलाई ठूलीरात मानी राती मिठो मिठो खानेकुरा खाएर रमाईलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको छ। पुुस १५ मा तरुल, सखरगञ्ज, फर्सी लगायतका कन्दमूल खाने चलन रहेको […]
नागरिक रैबार/बाजुरा १५ पुस।बाजुराको सदरमुकाम मार्तडीमा अहिले धमाधम नयाँ घरहरू निर्माण भईरहेका छन् । सदरमुकाम पछिल्लो समय पक्की घर निर्माण हुने क्रम जारी छ । बजारमा घर निर्माण गर्ने अधिकाँश घरधनिहरूले घर बनाउनका लागि खनेको माटो उठाएर सडकमा यत्रतत्र फाल्ने गरेका छन् । सदरमुकाम मार्तडीको मुख्य राजमार्गको सडकमा घरधनीहरूले सडक नै अवरोध हुने गरि माटो […]
अनेरास्ववियु बाजुराले स्व. चेतन अयडीको सम्झनामा स्मृति पार्क निर्माण गर्ने निर्णय गरेको छ।बुधबार नेकपा एमाले जिल्ला कमिटी पार्टी कार्यालय मार्तडीमा बसेको बैठकले उक्त निर्णय गरेको अनेरास्ववियु बाजुराका अध्यक्ष दिलबहादुर थापाले जानकारी दिए। संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी त्रिवेणी नगरपालिकाको–७ मा पार्क बनाउने निर्णय भएको हो।गत मंसिर ४ गते त्रिवेणी नगरपालिकाको ७ को मतदान […]
नागरिक रैबार बाजुरा १३ पुस।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) बाजुराकाे तेस्रो सचिवालय बैठक मार्तडीमा सम्पन्न भएकाे छ । अनेरास्ववियुकाे आज बसेकाे बैठकले मंसिर ४ गतेका दिन अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य चेतन अयडीकाे बीभत्स हत्यामा संलग्नहरूलाई कारवाहीकाे माग गर्ने निर्णय गरेकाे छ । त्यस्तै बैठकले स्वर्गीय चेतन अयडीकाे शाेक प्रस्ताव पारित गरेकाे छ । चेतन […]
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टी पंक्तिमा निराशा छाएको कुराले जनतामा पनि निराश छाएको बताएका छन् । पाण्डेले पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रीय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताए । बुधबार काँग्रेस संस्थापन इतरपक्षहरुको भेटघाटका क्रममा बोल्दै उनले काँग्रेसले अबका दिनमा निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भूमिकामा कसरी प्रभावशाली बन्ने बारेमा सोच्नुपर्ने बताए । उनले पार्टी […]
गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृहले मंगलबार दुवै सुरक्षा निकायलाई सुरक्षा कार्यविधि विपरीत खटिँदै आएका जनशक्तिलाई फिर्ता बोलाउन भनेको हो ।विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित […]
काठमाडौँ — नवगठित मन्त्रिपरिषद्को बैठक सोमबार साँझ बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार सोमबार साँझ साढे ६ बजे नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छिन् । सोमबार शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाल र […]
काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई शपथ गराएकी हुन् । दाहालले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीको शपथ लिएका छन् । शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल, बाबुराम […]
नेकपा एमालेबाट उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीसहित विष्णु पौडेल सरकारमा जाने निश्चित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पौडेललाई उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिनेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नाम सिफारिस गरेका हुन् । पौडेलबाहेक एमालेले थप ३ जना मन्त्रीको नाम पनि टुङ्ग्याएको छ । राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारी मन्त्रीका […]
काठमाडौँ — एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ । बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार […]