होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जिल्लाको समग्र विकासमा एमाले निकट युवा र विद्याथीहरुको साथ रहन्छ
समाचार

जिल्लाको समग्र विकासमा एमाले निकट युवा र विद्याथीहरुको साथ रहन्छ

  • नागरिक रैबार
जिल्लाको समग्र विकासमा एमाले निकट युवा र विद्याथीहरुको साथ रहन्छ

नागरिक रैबार/बाजुरा ९ जेठ।एमाले निकट युवा र विद्यार्थीहरुले बाजुरा जिल्लाको समग्र विकासमा सवैसंग सहकार्य गर्ने बताएका छन् ।

अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालले मंगलबार विहान एक विज्ञप्ति जारी गर्दै बाजुरामा भ्रष्टाचार र विकास विरोधी कुनै पनि कार्यमा हाम्रो सहकार्य र सम्झौता नहुने उल्लेख गरेको छ ।

जेठ २ गते जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुखलाई अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा चरम लापरवाही गरेको भन्दै युवा विद्यार्थीहरुले सयुक्त रुपमा ध्यानाकर्षण गराएका थिए ।

विज्ञापन

अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालको ध्यानकर्षण पछि अस्पतालका प्रमुख मिलन जोशीले आफुबाट कमी कमजोरी भएको भए आगामी दिनमा स्वीकार गर्ने बताएका थिए । एमाले निकटका युवा र विद्यार्थीहरुको ध्यानाकर्षणपछि अहिले जिल्ला अस्पताल बाजुरामा एमडिजिपी डाक्टर आएर सेवा सूचारु भईसकेको छ ।

अनेरास्वीयु र राष्ट्रिय युवा संघले अस्पतालका प्रमुख डाक्टर मिलन जोशीलाई ध्यानाकर्षण गराएको विषयलाई लिएर नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले अस्पताल प्रशासन र अस्पताल प्रमुखका कमी कमजोरीलाई ढाकछोप गर्न र भ्रष्टाचारीलाई प्रसय दिने गरी अनेरास्ववीयु र युवा संघलाई अपरिपक्कताको संज्ञा दिने कुचेष्टा गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

विधिको शासनमा शुसासन, लोकतन्त्रको संस्थागत विकास गुणस्तरीय सेवा प्रवाहमा हाम्रो निरन्तर खवरदारी हुने छ र गरिरहने छौ अनेरास्ववीयु बाजुराका सचिव हिक्मत रोकाया र राष्ट्रिय युवा संघ नेपाल बाजुराका अध्यक्ष मिलनजंग अयडीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

May be an image of ticket stub and text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार