होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नीति तथा कार्यक्रममाथि जेठ ७ देखि ११ गतेसम्म संसदमा छलफल हुने
समाचार

नीति तथा कार्यक्रममाथि जेठ ७ देखि ११ गतेसम्म संसदमा छलफल हुने

  • नागरिक रैबार
नीति तथा कार्यक्रममाथि जेठ ७ देखि ११ गतेसम्म संसदमा छलफल हुने

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ७ देखि ११ गतेसम्म छलफल हुने भएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरेपछि बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले यसबारे जानकारी गराएका हुन ।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिनका लागि सांसदहरूले अग्रिम सूचना दिनुपर्नेछ । साथै त्यसमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदहरूले सो को सूचना भोलि बिहान ११ बजेदेखि २ बजेसम्म संघीय संसद् सिंहदरबारमा सूचना दिन सक्ने सभामुख घिमिरेले जानकारी गराएका छन् ।

विज्ञापन

यस्तै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरू सम्मिलित हुने संयुक्त समिति गठनका लागि राष्ट्रिय सभाबाट अनिता देवकोटा, गंगाकुमारी बेल्बासे र भैरवबहादुर श्रेष्ठको नाम अनुमोदन भएर प्रतिनिधि सभामा आएको पनि उनले जानकारी दिए ।

बैठकले राष्ट्रपति रामचन्द्र पौडेलका लागि धन्यवादको प्रस्ताव पनि पारित गरेको छ । प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते आइतबार बिहान ११ बजे बस्ने भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार