होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • समाज सुधार युवा क्लवद्धारा मार्तडीमा पुस्तकालय संचालन
समाचार

समाज सुधार युवा क्लवद्धारा मार्तडीमा पुस्तकालय संचालन

  • नागरिक रैबार
समाज सुधार युवा क्लवद्धारा मार्तडीमा पुस्तकालय संचालन

नागरिक रैबार/बाजुरा ७ जेठ। बाजुराकाे बडीमालिका नगरपालिका ९ मा स्थापना भएको समाज सुधार युवा क्लवले पुस्तकालय संचालनमा ल्याएको छ ।

समाज सेवा र सामाजिक रुपान्तरणमा लागि परेको क्लबले युवा पुस्ताको ज्ञान सीप र क्षमता विकासमा योगदान गर्न पुस्तकालय सञ्चालन गरेको क्लवका अध्यक्ष प्रेम नेपालीले बताएका छन् ।

क्लबकै स्वामित्व रहने गरी पुस्तकालय स्थापना गरिएको हाे । पुस्तकालयको शनिवार एक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले औपचारिक उद्घाटन गरेका छन् । पुस्तकालय संगै कम्प्युटर ल्याव पनि सञ्चालन गरिएको छ ।

विज्ञापन

युवा पुस्ताको सामाजिक सञ्जालमा झुण्डीरहने बानी हटाएर पढ्न बानीको विकास गर्ने उदेश्य राखेर बडीमालिका नगरपालिकासँगको सहकार्यमा पुस्तकालय र कम्प्यूटर ल्याव सञ्चालन गरिएको छ ।

May be an image of 16 people, dais and text

काठमान्डौँ युरेका लियो क्ल्बले पुस्तकाल र कम्युटर ल्यावको स्थापनाका सहयोग गरेको हो । लियो क्लबले करिब ४ हजार पीस पुस्तक, ४ वटा कम्प्युटर र २ ल्यापटप समेत सहयोग गरेको छ । लियो क्लबका पदाधिकारी नै बाजुरा आएर किताबहरु सहयोग गरेका छन् ।

May be an image of 2 people, speaker and text

मार्तडीमा आवश्यक पुस्तक पढ्न मिल्ने पुस्तकालयको कमी छ । त्यसको रिक्तता पूर्ति र नयाँ किताबको भण्डारका रुपमा पुस्तकालयलाई विकास गर्न नगर प्रमुख अमर खड्काले सुझाव दिएका छन् ।

उद्घाटन समारोहमा बडीमालिकाकन नगर उपप्रमुख नन्दा थापा, गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, नेकपा एमाले बुढीगंगा नगरकमिटी अध्यक्ष एवम् नेपाल स्काउटका सुदुरपश्चिम् प्रदेश अध्यक्ष नरेन्द्र थापा, बडिमालिका ७ का अध्यक्ष धर्मराज पाध्याय, ८ का अध्यक्ष चन्द्र थापा, ९ का वडा अध्यक्ष सुर्यकिरण बिक, .२ का वडा अध्यक्ष डम्मर महत, सामुदायिक सेवा केन्द्रका जिल्ला अध्यक्ष काल्चे दमाई लगायत सहभागिता रहेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार