होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्यन्न विक्रि केन्द्र स्थापना
समाचार

स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्यन्न विक्रि केन्द्र स्थापना

  • नागरिक रैबार
स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्यन्न विक्रि केन्द्र स्थापना

मदन विक/बाजुरा ४ जेठ। बाजुराकाे विकट ठाउँमा रहेकाे स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्यन्न विक्रि केन्द्र स्थापना गरिएकाे छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनिकाे सहयाेगमा स्वामीकार्तिक खापर गाउँपालिकाकाे केन्द्र सुईजिउलामा खाद्यान्न विक्री केन्द्र स्थापना गरिएकाे हाे ।

खाद्यान्न विक्री केन्द्रकाे एक कार्यक्रमका विच राष्ट्रिय सूचना आयाेगका सूचना आयुक्त कमला ओलीले सर्वसाधारणलाई चामल हस्तान्तरण गरेर उद्घाटन गरेकी छन् ।

विज्ञापन

विक्रि केन्द्रकाे स्थापना गर्दै सूचना आयुक्त ओलीले दुर्गम ठाउँमा रहेकाे याे पालिकामा राज्यले छिटोभन्दा छिटाे खाद्यान्न डिपाे नै स्थापना गर्नु पर्ने बताएकी छन् ।

यस अघि गाउँपालिकाबासीले घण्टाै टाढा रहेकाे काेल्टी, पिलुचाैर लगायतका बजारमा गएर महंगाे मुल्यमा खाद्यन्न किनेर खाने गरेका थिए ।

गाउँपालिका बासीलाई बजारकाे भन्दा सस्ताे र सुलभ मुल्यमा खाद्यन्न उपलव्ध गराउनका लागि खाद्य  व्यवस्था तथा व्यापार कम्पनि संगकाे सहकार्यमा गाउँपालिकामै पहिलाेपटक खाद्यन्न विक्री केन्द्र स्थापना गरेकाे गाउँपालिकाका अध्यक्ष भरत बहादुर राेकायाले बताएका छन् ।

गाउँपालिकामा पहिलाेपटक खाद्यान्न विक्री केन्द्र स्थापना भएपछि यहाँका स्थानीयलाई घण्टाै हिँडेर बजारकाे महंगाे मुल्यमा चामल किनेर खानुपर्ने  बाध्यता हटेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार