होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सूचनाकाे हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम जगन्नाथमा सम्पन्न
देश/प्रदेश

सूचनाकाे हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम जगन्नाथमा सम्पन्न

  • नागरिक रैबार
सूचनाकाे हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम जगन्नाथमा सम्पन्न

नागरिक रैबार/बाजुरा ३ जेठ। जगन्नाथ गाउँपालिकामा सूचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । जगन्नाथ गाउँपालिकाकाे आयाेजना र राष्ट्रिय सूचना आयाेग काठमाडौकाे सहयाेगमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।

गाउँपालिकाबाट जनताले हरेक सूचनाहरू सहज रूपमा पाउन भन्ने उदेश्यले उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे ।
अन्तरक्रियाकाे राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले सहजिकरण गरेकि थिईन् ।

उनले सूचनाको हक सम्बन्धी आवश्यक प्रावधान, सुचना दिनुपर्ने कार्यालयको कर्तव्य र कानुनी बाधा र प्रक्रियाका विषयमा गाउँपालिकाका कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरूलाई जानकारी गराएकी थिइन् ।

विज्ञापन

अन्तरक्रिया कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी राष्ट्रिय सूचना आयाेगका सूचना आयुक्त कमला ओलीले हरेक सूचनामा नागरिककाे पहुँच सरल र सहज बनाउन गाउँपालिकालाई आग्रह गरेकी छन् ।

कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले सूचनाकाे हकबाट पालिका भित्रका नागरिकहरू कसैलाई पनि बन्चित नगर्ने बताएका छन् । उनले सूचना पाउनु सवै नागरिककाे दायित्व भएकाेले गाउँपालिकाले सबै नागरिकलाई सहि र सत्य सूचना प्रदान गर्ने बताएका छन् ।

जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीकाे अध्यक्षतामा संचालन गरिएकाे कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली प्रमुख अतिथि रहेकी थिइन् ।

कार्यक्रममा नेकपा एमालेका आर्थिक विभाग प्रमुख जनक विष्ट, एमाले स्वामिकार्तिक ईन्चार्ज मेघराज शाही, गाउँपालिका उपाध्यक्ष मरूकला विष्ट, प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर शाही अतिथी रहेका थिए ।

अन्तक्र्रिया कार्यक्रममा पालिकाका १ देखि ६ सम्मका वडा अध्यक्ष लगायत अतिथी रहेका थिए । गाउँपालिकाका राेजगार संयाेजक लछ्मण जाेशीले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य लेखा अधिकृत दिलिप शाहीले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार