होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राम्रो नेपाल
  • बाजुराको परिचय बदल्न विकासमा राजनीति नगर्ने ४ दलको सामुहिक प्रतिवद्धता
राम्रो नेपाल

बाजुराको परिचय बदल्न विकासमा राजनीति नगर्ने ४ दलको सामुहिक प्रतिवद्धता

  • नागरिक रैबार
बाजुराको परिचय बदल्न विकासमा राजनीति नगर्ने ४ दलको सामुहिक प्रतिवद्धता

नागरिक रैबार/बाजुरा २९ बैशाख। बार्जु महोत्सवको आज १० औं दिनमा गरिएको समृद्धिका लागि बार्जु संवाद कार्यक्रममा सहभागी राजनीतिक दलका प्रमुख बक्ताहरुले बाजुराको परिचय बदल्न विकासमा राजनीति नगर्ने सामुहिक प्रतिवद्धता जनाएका छन् ।

बार्जु सभ्यताको पहिचान र समृद्धिको सहयात्रा भन्ने मुल नाराका साथ सुदूर साहित्य प्रतिष्ठान बाजुराले आयोजना गरेको संवाद कार्यक्रममा बाजुराका ४ वटा राजनीतिक दलका बक्ताहरुले बाजुरा बदल्ने अभियानका साथ लाग्ने सामुहिक प्रतिवद्धता जनाएका हुन् ।

बैशाख २० गतेबाट संचालन भएको बार्जु महोत्सवको १० औं दिनमा बाजुराका राजनीतिक दलका प्रमुख एंव प्रतिनिधिहरुसंग बाजुराको परिचय बदल्ने जिम्मेवारी कसको ? भन्ने विषयमा संवाद कार्यक्रम संचालन गरिएको थियो ।

विज्ञापन

कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट उपसभापति पदम बडुवाल, नेकपा एमालेका सचिव भरत थापा, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष पुरबहादुर रावत र नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य शुरेस विक सहभागि भएका थिए ।

संवाद कार्यक्रमको सहजीकरण सुदूर साहित्य प्रतिष्ठानका सचिव एंव पत्रकार कृष्ण ओलीले गरेका थिए । संवादका क्रममा बाजुराका राजनीतिक दलका नेताहरुले बाजुराको परिचय बदल्न आफु र आफ्नो पार्टीका नेताहरुलाई जिम्मेवार बनाएर जानुपर्नेमा जोड दिएका थिए ।

सुदूर साहित्य प्रतिष्ठान बाजुराले हालसम्म जिल्लामा गरेका अन्य महोत्सव भन्दा फरक उद्देश्य राखेर कार्यक्रमको आयोजना गरेको थियो । महोत्सव भन्ने वित्तिकै सांस्कृतिक कार्यक्रमका रुपमा बुझ्ने भाष्यलाई चिर्दै प्रतिष्ठानले महोत्सव अवधिभर फरक दिन फरक विषयमा जिल्ला भित्रका विभिन्न क्षेत्रका व्यक्तित्वहरुसंग संवाद कार्यक्रम चलाएको थियो ।

संवाद कार्यक्रमको आज अन्तिम दिनको कार्यक्रममा सहभागि भएका राजनीतिक दलका नेताहरुले बार्जु महोत्सव २०८० द्धारा जारी गरेको २१ बुदे सामुहिक प्रतिवद्धता पत्रमा हस्ताक्षर सहमति जनाएका हुन् ।

यस्तो बार्जु महोत्सव २०८० द्धारा जारी सामुहिक प्रतिवद्धता

May be an image of ticket stub and text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार