होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विपक्षीहरूले नगरपालिका र मेरा विरूद्व निराधार आराेप लगाए : नगरप्रमुख खड्का
समाचार

विपक्षीहरूले नगरपालिका र मेरा विरूद्व निराधार आराेप लगाए : नगरप्रमुख खड्का

  • नागरिक रैबार
विपक्षीहरूले नगरपालिका र मेरा विरूद्व निराधार आराेप लगाए : नगरप्रमुख खड्का

नागरिक रैबार/बाजुरा ८ जेठ।  बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले केही दिन अगाडि आफु र नगरपालिकालाई जाेडेर सामाजिक संजालमा आर्थिक चलखेल गरेकाे पत्र निराधार भएको बताएका छन् ।
सोमबार बडिमालिका नगरपालिकाले गरेकाे पत्रकार सम्मेलनमा नगर प्रमुख खड्काले यस्तो बताएका हुन । नगर प्रमुख खड्काले भने सामाजिक सञ्जालमा फैलाइएको कपोकल्पित भ्रमका पछाडी नलाग्न नगरबासीलाई आग्रह गरेका छन् । सामाजिक संचाजलमा आफ्नो चरित्र हत्या गर्न खोजिएको समेत उनले बताए । बैशाख १ गतेका दिन बडिमालिका नगरपालिकाका नगरप्रमुख खड्का र प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले आर्थिक चलखेल गरेको भन्दै एउटा पत्र सामाजिक संजालमा बाहिरिएको थियो ।
यस प्रति आफ्नो घोर आपत्ति रहेको बताउनुहँदै नगर प्रमुख खड्काले राजनिति प्रतिसोधका आधारमा नगरपालिकालाई असफल पार्ने प्रयास गरिएको उनको भनाई छ । सामाजिक सञ्जालमा बाहिरिएको भ्रमपुर्ण सुचनामा आफुहरुको संलग्नता नरहेको समेत उनले दाबी गरेका छन् ।
राजनितिक प्रतिशोध साँध्ने गरी पूर्वाग्रह र सुनियोजित रुपमा बिभिन्न निकायमा उजुरी दर्ता गरि उजुरीको अंश फोटोसहित खिचेर सामाजिक संञ्जालमा पोस्ट गरेकाेले बडिमालिका नगरबासीहरुमा यस्ता भ्रमात्मक कुरामा विश्वास नगर्न नगर प्रमुख खड्का द्धारा हस्ताक्षरित प्रेस वक्तव्यमा भनिएको छ ।
निर्माण व्यावसायि संघ जिल्ला शाखा बाजुराका सदस्य र सामुदायिक बन उपभोक्ता समिति बडिमालिका नगरपालिकाका सदस्यहरुले नगर प्रमुख अमर खड्का र प्रमुख प्रशासकिय अधिकृत रंगमल विक समेत संलग्न रही नगरपालिकाका कर्मचारीको मिलोमतोमा आर्थिक चलखेल गरि आफु अनुकुलका व्यक्तिलाई ठेक्का दिई पुरै रकम भुक्तानी दिने गरी ठेक्का सम्झौता गरेको भन्दै भन्दै नगरप्रमुख विरुद्ध उजुरी परेको नेपाल सरकार बन तथा वातावरण मन्त्रालय भु संरक्षण बिभाग सिंहदरवार काठमाडौंमा उजुरी परेको १० महिनापछि मात्र पत्र सार्वजनिक भएको थियो ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार