होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काठमाण्डौंमा गरिव दुखिलाई हामी छौं साथमा संस्थाले निशुल्क खाना खुवाउँदै
समाचार

काठमाण्डौंमा गरिव दुखिलाई हामी छौं साथमा संस्थाले निशुल्क खाना खुवाउँदै

  • नागरिक रैबार
काठमाण्डौंमा गरिव दुखिलाई हामी छौं साथमा संस्थाले निशुल्क खाना खुवाउँदै

नागरिक रैबार/बाजुरा १२ जेठ। गरिव र दिन दुखीहरुका लागि काठमाडौमा रहेको हामी छौ हजुरको साथमा संस्थाले निशुल्क खाना खुवाउने काम गरिरहेको छ ।

विभिन्न ठाउँबाट देशको राजधानी काठमाडौमा आएर अलपत्र परेका गरिव, बिपन्न र आर्थिक अभाबमा रहेका ब्यक्तिलाई हामी छौं हजुरको साथमा संस्थाले १ बर्ष देखि निशुल्क खाना खुवाई रहेको संस्थाका अध्यक्ष दिनेश परियारले वताएका छन् ।

राजधानी काठमाण्डौंमा हामी छौं हजुरको साथमा संस्थाले एक टिभि कार्यक्रम समेत संचालन गर्दै आएको छ । टिभि कार्यक्रम मार्फत दिनदुखी र गरिवका लागि सहयोगी निकायहरुले स्वस्फुर्त रुपमा दिएको रकम संकलन गरेर दिन दुखीलाई सहयोग गरिरहेको संस्थाका अध्यक्ष परियारले बताएका छन् ।

विज्ञापन

हप्ताको एकपटकमा ५० जना बढीलाइ काठमाडौका गोगबु, बालाजु, माछापोखरी लगायतका ठाउँमा निशुल्क रुपमा खाना खुवाइरहेको छ । काठमाण्डौंमा कसैले पनि एकछाक खाना नपाएर मर्न नपरोस भन्ने उद्देश्यले यो अभियान शुरु गरेको संस्थाका अध्यक्ष दिनेशको भनाई छ ।

संस्थाले हामी छौ हजुरको साथमा टिभि कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । लाइभ दोहोरी कार्यक्रम मात्र नभइ दिनदुखीलाइ सहयोग गर्दै आएको छ । संस्थाले अस्पतालमा पैसा अभाबमा अलपत्र परेका बिरामीलाइ पनि सहयोग गरिरहेको छ ।

संस्थाले बिशुद्ध सामाजिक सेवा गर्ने भावनाले काम गरिरहेको छ । संस्थामा विनोद, पुष्कर लगायतले निशुल्क रुपमा सहयोग गरिरहेका छन् । हाम्रो पैसा कमाउने तथा अन्य कुनै राजनितिक उद्देश्य नभएर बिशुद्ध सामाजिक सेवा गर्ने भावनाले अघि बढेको दिनेशले वताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार