होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । सत्तारुढ सात दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा मागेकोबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सात दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा छलफल भएको र राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका नेता हितराज पाण्डेले जानकारी दिए । ‘प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर हिजो संसद् अवरुद्ध भयो र त्यहाँ प्रमले राजीनामा गर्नुपर्छ भन्ने […]
नागरिक रैबार/बाजुरा २० असार।नारि टेलिभिजनको शुभारम्भ बुढीगंगा नगरपालिकाकी ८४ वर्षिया नन्दा साउँदबाट गरिएको छ । आज बुढीगंगा नगरपालिका वडा नम्वर १० मा एक औपचारिक कार्यक्रमका विच ८४ वर्षिया वृद्धा साउँदद्धारा नारी टेलिभिजनको औपचारिक रूपमा दिप ज्वलन गरेर सुरूवात भएको छ । टेलिभिजनको शुभारम्भ कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, […]
नागरिक रैबार/बाजुरा १९ असार।जिल्लाको जगन्नाथ गाउँपालिकाले पालिकाको सिफारिस विना बाहिरबाट ल्याएका योजनालाई पालिकामा कार्यान्वयन गर्न नदिने निणर्य गरेको छ । पालिकाको दोस्रो गाउँसभा तथा १३ औं वर्षे अधिवेशनले पालिकासंगको समन्वय र सिफारिस विना व्यक्तिगत स्वार्थसहित लाभ लिने गरि संघ र प्रदेशबाट ल्याउने जुनसुकै योजनाहरुलाई पालिकामा कार्यान्वयन गर्न नदिने निणर्य गरेको हो । पछिल्लो समय हरेक […]
नागरिक रैबार/बाजुरा १९ असार।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाजुरा आउने भएका छन् । बाजुराको बुढीगंगा नगरपालिकाबाट नारी टेलिभिजनको नियमित प्रसारणको शुभारम्भ गर्नका लागि सभापति लामिछाने बाजुरा आउन लागेका हुन् । नारी टेलिभिजनको भोलि बाजुराको बुढिगंगा नगरपालिका बाट नियमित प्रशारण शुरु गरिने छ । टेलिभिजनको प्रसारण शुभारम्भ संगै बुढिगंगा नगरपालिका एचआईभि संक्रमित महिला र वडा […]
नागरिक रैबार/बाजुरा १९ असार । बाजुराको बुढीनन्दा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । पालिकाभित्र पूर्ण खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएपछि सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार नगरका १० ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चितता गरिएपछि पूर्ण […]
बाजुरा । नेकपा एमाले जिल्ला कमिटी बाजुराले आगामी चैत्र भित्र पार्टीको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । असार १२ गते मार्तडीमा बसेको बैठकले २०८० चैत्र भित्र पार्टीको आठौं जिल्ला अधिवेशन गर्ने निर्णय गरेको कार्यालय सचिव काशी विकले बताएका छन् । नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशन २०७८ पौषमा भएको थियो । पार्टी केन्द्रीय कमिटीको […]
काठमाडौँ । सरकारले मंगलबार (असार १९ गते) २९ अर्ब ६६ करोड रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकमार्फत सरकारले कूल २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी जारी गर्ने भएको हो । यद्यपि, कूल रकममध्ये २४ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ पुरानै ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब […]
१८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुननपर्ने बताएका छन् । कम्युनिष्टहरुबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने उनले बताए । गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा चाबहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले लेफ्टहरुको युनिटीको कुरा गर्दा कांग्रेससँग डिसयुनिटी हुनेछैन […]
नागरिक रैबार/बाजुरा १६ असार । बाजुराकाे जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा तेहौ अधिवेशनले १८ वटा विधेयक पास गरेकाे छ । आज पालिकामा बसेकाे गाउँसभाले १८ वटा विधेयक पास गरेकाे जनाएको छ । यी हुन् गाउँसभाबाट पास भ 1. पूर्वाधार बिधेयक, २०८० 2. तथ्यांक अभिलेख व्यवस्थापन बिधेयक ,२०८० 3. न्यायिक समितिमा आएका उजुरीहरु कारबाही किनारा गर्ने […]
नागरिक रैबार/बाजुरा १६ असार। बुढीगगा नगरपालिकाले जिल्लाको शैक्षिक विकासमा योगदान पुर्याएको भन्दै शिक्षाविद कृष्णबहादुर सिंहलाई सम्मान गरेको छ। बुढीगंगा नगरपालिकाले आज सिंहलाई स्वर्गीय ‘नरसिंह गिरी शैक्षिक’ पुरस्कारबाट धनगढीमा सम्मान गरेको हो। बुढीगंगा नगरपालिकाको आठौँ नगरसभाबाट स्थापना गरिएको स्वर्गीय नरसिंह गिरी शैक्षिक पुरस्कारबाट सिंहलाई सम्मान गरिएको बुढीगगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् । सिंहलाई […]
नागरिक रैबार/बाजुरा १६ असार।बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविका विपन्न विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको छ । काठमाडौंमा रहेको दौतरी संस्थाको सहयोगमा मालिका माविका ईसिडि देखि कक्षा ६ सम्मका ५ सय ४८ जना विपन्न विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले बताएका छन् । शनिबार विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरेर विद्यार्थीलाई न्यानो […]
नागरिक रैबार/बाजुरा १६ असार।एसियाकै होची महिलाका रूपमा परिचित कलाकार मोना घिमिरे पहिलोेपटक बाजुरामा आईपुगेकी छन् । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा पुगेर आफ्नो प्रस्तुति दिने क्रममा उनि बाजुरा आएकी हुन् ।शुक्रबार सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माविको प्राङगणमा उनी छमछमी नाचेकी थिईन् । शारिरिक अपाङ्गता शरीर भएपनि उनले विद्यार्थीलाई नृत्यको माद्यमबाट भरपुर मनोरन्जन दिएकी […]
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक गरिने जनाएको छ । गत वैशाख २६ गतेदेखि लिइएको परीक्षा नतिजा साउन मसान्तभित्र सार्वजनिक गरिने भएको हो । त्यसका लागि अहिले उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ । सातै प्रदेशका परीक्षा केन्द्रहरूमार्फत उत्तरपुस्तिका परीक्षणको काम भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए […]
नागरिक रैबार/बाजुरा १५ असार।बाजुरा जिल्लाका विभिन्न स्थानमा आज धान दिवस मनाईएको छ । २० औं राष्ट्रिय धान दिवस को अवसरमा जिल्लाका ९ वटै स्थानीय तहका कृषि शाखाले कृषहरुको खेतमै पुगेर धान दिवस तथा रोपाई महोत्सव गरेर मनाएका हुन् । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान […]
बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि ३५ करोड ८९ लाख २१ हजार बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको दोश्रो गाउँ सभामा पालिकाका उपाध्यक्ष मैना जोशीले बजेट प्रस्तुत गरेकी हुन् । पालिकाले चालु तर्फ २५ करोड ९५ लाख ११ हजार र पुजिँगत तर्फ ९ करोड ९४ लाख १० हजार विनियोजन गरेको […]
बाजुरा। खप्तड छेडेदह गाउँपालिकाले आर्थिक वर्षका लागि ४५ करोड ५८ लाख ४४ हजार ३ सय बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथले १३ औं गाउँ सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा संघको समानीकरणमा १० करोड ४१ लाख र प्रदेशको १ करोड बजेटको अनुमानित गरिएको प्रस्तुत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज […]
नागरिक रैबार/बाजुरा १० असार। बाजुराको हिमाली गाउँपालिकाले यस वर्षबाट गाउँपालिका भित्रका एकल पुरुषलाई भत्ता र उमेर पुगेपछि मात्रै विहे गर्ने छोरीलाइ सम्मान गर्ने निति तथा कार्यक्रम ल्याएको छ । त्यस्तै पालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा अपाङ्गता भएका बालबालिका र र पाठेघर खसेका महिलाको उपचार पालिकाले आफै गर्ने नितिलाइ अघि सारेको […]
नागरिक रैबार/बाजुरा १० असार । बाजुराको बुढीनन्दा नगरपालकिाले ४४ करोड ४९ लाख २३ हजार २ सय ५७ रुपैया बजेट प्रस्तुत गरेको छ । संघयि र प्रदेश सरकारको अनुदान, आन्तरकि आम्दानी र राजश्व सहीत ४४ करोड ४९ लाख २३ हजार २ सय ५७ रुपैया बजेट आगामी वर्षका लाग प्रस्ताव गरिएको हो । यस वर्ष शिक्षा क्षेत्रलाई […]
नागरिक रैबार/बाजुरा १० असार। बाजुराको बडीमालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४७ करोड ३६ लाख १९ हजार रुपैयाँको बजेट ल्याएको छ । संघ र प्रदेशबाट प्राप्त बजेट दाता निकायसँगको साझेदारीमा सञ्चालित कार्यक्रम र आन्तरिक राजश्वबाट प्राप्त आम्दानी गरि ४७ करोड ३६ लाख १९ हजार ९ सय बजेट ल्याएको हो । हेर्नुहोस बजेटको पूर्णपाठ
काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली […]