होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भुकुम्पमा परि घाइते भएका बाजुराका धामीको धनगढीमा उपचार हुँदै
देश/प्रदेश

भुकुम्पमा परि घाइते भएका बाजुराका धामीको धनगढीमा उपचार हुँदै

  • नागरिक रैबार
भुकुम्पमा परि घाइते भएका बाजुराका धामीको धनगढीमा उपचार हुँदै

नागरिक रैबार/बाजुरा १७ असोज।बझाङ जिल्लालाई केन्द्र विन्द बनाएर गएको भुकुम्पका परि घाइते भएका बाजुराको खप्तड क्षेडेदह गाउँपालिका वडा नम्वर ४ खाती गाउँका दिर्घ धामीको धनगढीस्थित नोभा अस्पतालमा उपचार भईहरहेको छ ।

बाजुराका २० वर्षिया धामी कामको सिलसिलामा बझाङ रहेका बेला पहाडको थुम्को भत्केर खुट्टामा गम्भिर चोट लागि घाइते भएका थिए । घाईते धामीलाई जिल्ला अस्पताल बझाङमा उपचारका लागि लगिएको भएपनि यहाँ उनको उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको थियो । अहिले धामीको खुट्टाको उपचार धनगढीको नोभा अस्पतालमा भईरहेको आपन्तले बताएका छन् ।

भुक्म्पकै कारण खसेको पहिरोमा पुरिएर जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीेको मृत्यू भएको थियो ।  त्यस्तै भुकुम्पका कारण बझाङमा १८ जना, अछाममा ५, बाजुरामा २ र बैतडीमा २ जना घाइते भएका छन्।  हिजो गएको भुकुम्पका कारण धामीसहित बाजुराका २ जना घाइते भएका थिए । बडीमालिका नगरपालिका ९ का अन्दाजी ८ वर्षिया प्रनव डिजिको पनि आगंनमा खेलिरहेको बेला घरको छतबाट ढुंगा खसेर टाउकोमा चोट लागेको थियो । उनको जिल्ला अस्पताल बाजुरामा उपचार पछि घर फर्काइएको थियो ।

विज्ञापन

त्यस्तै भुकुम्पकै कारण जिल्लामा ९ घरमा पूर्ण क्षति भएको छ भने, १३ वटा घरमा आंशिक क्षति भएको छ । घरहरु सहित विद्यालय, स्वास्थ्य चौकीहरुमा क्षेति भएको स्थानीयहरुले बताएका छन् । भने जिल्लाका कुन ठाउँमा कति क्षेति भयो भन्ने बारे एकिन डाटा संकलन र क्षेति भएका ठाउँमा राहत तथा उद्धारका लागि जनशक्ति परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार