होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोल्टीमा चामल सकिएपछि डिपो नै बन्द गरियो
समाचार

कोल्टीमा चामल सकिएपछि डिपो नै बन्द गरियो

  • नागरिक रैबार
कोल्टीमा चामल सकिएपछि डिपो नै बन्द गरियो

नागरिक रैबार/बाजुरा १० असोज। खाद्य ब्यवस्था तथा व्यापार कम्पनि लिमिटेडको कोल्टीमा चामल सकिएपछि डिपो नै बन्द गरिएको छ ।
डिपोमा रहेको माैज्दात चामल सकिएपछि कार्यालयले हिजो एक सूचना जारी गर्दै डिपोले चामल सकिएको जनाएको हो । गत आर्थिक वर्ष २०७९/८० को मौजाद रहेको करीव १५ सय ५२ क्वीन्टल चामल विक्रि वितरण गरि सकिएको र यो आर्थिक वर्षको ढुवानि नहुँदा सम्मका लागि डिपो बन्द गरिएको कोल्टी शाखाका प्रमुख भीम बहादुर वुढाले बताएका छन् ।

यो आर्थिक वर्षमा आउने चामलको टेण्डर आह्वान भई स्वीकृतको प्रक्रियामा रहेकाले ढुवानिमा ढिलाई भएको डिपो कार्यालयले जनाएको छ । दशै‌ तिहार नजिकिएस‌गै ४ पालिका रहेको कोल्टी क्षेत्रमा चामल सकिएपछि खाद्य संकट हुने देखिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनिको मार्तडी शाखामा भने प्रति किलो ९२ रुपैयाका दरले जीरा मसिनो चामल विक्रि वितरण भईरहेको छ । हिमालीको कवाडी अस्थाई डिपो र स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट अस्थाई विक्रि केन्द्रमा पनि चामल अभाव भएको लामो समय सम्म ढुवानि हुन सकेको छैन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार