होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • अटो
  • कोशीका मुख्यमन्त्रीद्वारा राजीनामा घोषणा
अटो

कोशीका मुख्यमन्त्रीद्वारा राजीनामा घोषणा

  • नागरिक रैबार
कोशीका मुख्यमन्त्रीद्वारा राजीनामा घोषणा

विराटनगर, २० असोज– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

प्रदेशसभा बैठकमा कार्कीले शनिबार राजीनामा घोषणा गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रदेशसभा बैठक बसेको थियो ।

तर, विश्वासको मतको प्रक्रिया सुरु हुनुअघि नै कार्कीले राजीनामा दिने बताए । त्यसअघि बसेको प्रशदेशसभा संसदीय दल बैठकमा कार्कीले राजीनामा दिनेबारे जानकारी गराएका थिए । संविधानको धारा ७६ (३) अनुसार कार्की अल्पमत सरकारका मुख्यमन्त्री छन् ।

विज्ञापन

विश्वासको मत नपाएर पदमुक्त भएका मुख्यमन्त्रीले ७६ (५) अनुसार मुख्यमन्त्री बन्न नपाउने कानूनविदको परामर्शपछि कार्की राजीनामा दिने निर्णयमा पुगेका हुन् । कार्की सर्वोच्च अदालतको आदेशमा गत २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार