होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले वाग्मती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित
समाचार

एमाले वाग्मती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित

  • नागरिक रैबार
एमाले वाग्मती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित
काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । प्रतिस्पर्धी कृष्ण दाहाललाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित ढुंगेलले ६९६ मत पाए । उनका प्रतिस्पर्धी दाहालले ४३९ मत पाए । प्रदेश उपाध्यक्षमा दावा दोर्जे लामा निर्वाचित भए । उनले ६१५ मत पाए ।
यस्तै, सचिवमा नवराज सिलवालले एक मतले बाजी मारे । नेपाल प्रहरीका पूर्वडीआईजी समेत रहेका सिलवालले ५६८ र हस्त पण्डितले ५६७ मत पाएका छन् । उपसचिवमा खुलातर्फ प्रेमबहादुर महर्जन र महिलातर्फ भक्तकुमारी लामाले जिते । महर्जनले ३६७ सहित जित निकाल्दा र लामाले ५९९ मत पाएर जितिन् ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान भएको थियो । एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको छ ।
पहिलो प्रदेश अधिवेशनमा सर्वसम्मत रूपमा पदाधिकारी तथा सदस्य चयनको पहल भए पनि अन्तिममा शुक्रबार निर्वाचन भएको थियो । मतदानमा ११ सय ३५ मत खसेको थियो ।
अध्यक्षमा निर्वाचित ढुंगेल एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंर पोखरेलनिकट मानिन्छन् । त्यस्तै उपाध्यक्षमा ढुंगेल समूहकै दावा दोर्जे लामा विजयी भए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार