होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २४ साउन।नेपाली काँग्रेसका सहमहामन्त्री तथा बाजुराका प्रतिनिधि सभा सदस्य बद्री पाण्डेले त्रिवेणीका चेतन अयडीको मृत्युलाई हतियार बनाएर निर्दोष मान्छेहरुलाई फसाउने काम भईरहेको बताएका छन् । नेपाल प्रेस युनियन बाजुरा शाखाले बुधबार विहान सदरमुकाम मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद पाण्डेले निर्वाचनका बेला ज्यान गमाएका चेतन अयडीको मृत्युलाई हतियार बनाएर निर्दोषहरुलाई फसाउने काम […]
मकवानपुर । मकवानपुरको बागमतीमा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना हराइरहेका छन् । काभ्रेको खानीखोला र मकवानपुरको बागमती गाउँपालिकाको सिमानामा पर्ने सिक्रे खोलामा पहिरोले घर बगाउँदा हराएका ७ मध्ये एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अन्य ६ जना बाने अझै बेपत्ता रहेका छन् । गयरातिदेखि […]
नागरिक रैबार/बाजुरा २२ साउन।बाजुराको बुढीनन्दा नगरपालिका २ मा रहेको धुपागाड खोलामा युवाहरुको सक्रियतामा काठेपुल निर्माण गरिएको छ । आईतबार राति परेको अबिरल बर्षासंगै धुपागाड खोलामा आएको बाढीका कारण काठेपुल बगाएपछि आउजाउमा समस्या भएको थियो । खोलाले काठेपुल बगाएर स्थानीयहरुलाई आउजाउ गर्न समस्या भएको थाहा पाएपछि राष्ट्रिय युवा संघ नेपाल बाजुराका सचिव विस्न कार्कीको नेतृत्वमा उक्त […]
नागरिक रैबार/बाजुरा २२ साउन । बाजुरामा माध्यामिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि (पुरक) परिक्षामा १२ सय ७९ बिद्यार्थीहरु सहभागी हुने भएका छन । गएको चैत्र १७ गतेको एसईई परिक्षामा केही विषयमा अनुतिर्ण भएका र ग्रेडवृद्धि गर्न चाहने बिद्यार्थीहरु सहभागी हुने भएका हुन् । जिल्ला भरिका ५ सय ७५ जना छात्र र ७०४ जना छात्रा गरेर कुल […]
नागरिक रैबार/ बाजुरा २१ साउन। जिल्लाका गाैमुल गाउँपालिकाले पशुचाैपायमा महामारीका रुपमा देखिएको “लम्पी स्कीन” रोग विरुद्धको खोप लगाउन प्राविधिकहरुलाई गाउँगाउँमा खटाएको छ । गाउँपालिकाले पशुचाैपायमा देखिएको लम्पी स्कीन रोगका विरुद्ध खोप लगाउन पुश प्राविधिकहरुको टोली गाउँगाउँमा खटाएको हो । गाउँपालिका भरि व्यापक रुपमा फैलिएको लम्पी स्कीन रोग विरुद्धको खोप गाउँपालिकामा पुगेपछि पशु प्राविधिकहरुको टोलीलाई गाउँगाउँमा […]
नागरिक रैबार/बाजुरा २१ साउन।बाजुरा जिल्लाको स्वास्थ्य उपचार समस्या र सेवाको सुधार गर्न माग गर्दै स्वतन्त्र राजनीतिक अभियान्ता हेमराज थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई ध्यानाकर्षण गराएका छन् । बाजुरामा स्वास्थ्य उपचार सेवा प्रभावकारी नभएर बाजुरेली जनताले अकालमै ज्यान गुमाउनु परेको र जिल्लामा दरवन्दी अनुसार स्वास्थ्य कर्मीको अभाव भएको भन्दै स्वास्थ्य मन्त्री बस्नेतलाई मन्त्रालयमै […]
नागरिक रैबार/बाजुरा २१ साउन। बाजुरामा विद्युत अनियिमत भएको र जनताले विद्युतको समस्या दिनहुँ झेल्नु परेको भन्दै एमाले निकट अनेरास्ववियुले नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्रलाई ध्यानाकर्षण गराएको छ । राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा अनियमित हुने गरेको भन्दै अनेरास्ववियु बाजुराले विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको हो । विगत १ महिना यता प्रत्येक दिन विद्युत सेवा अनियमित […]
बाजुराः बाजुरामा भालुको आक्रमणबाट २५ बाख्रा मरेका छन्।जिल्लाको हिमाली गाउँपालिका–१ टिनका वीरबहादुर बोहराका ३० बाख्रा भालुको आक्रमणमा परेका हुन्। साथै भालुको आक्रमणबाट पाँच बाख्रा घाँइते भएका छन्। बिहीबार दिउँसो गैरी पाटनको जंगलमा चरिरहेको बेला जंगली भालुले आक्रमण गरी बाख्रा मारेको प्रहरीले जनाएको छ। दुई बाख्राका आँखा झिकेर खाएको र २८ बाख्रालाई भालुले मारिफालेको स्थानीय दलवीर […]
धनगढीः सुदूरपश्चिममा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ। विशेष गरी कैलाली र कञ्चनपुरमा आँखा पाक्ने रोगको प्रकोप सघन रुपमा फैलिएको हो। प्रदेशका अन्य जिल्लासहित देशैभर फैलिएको आँखा पाक्ने समस्या एडिनो भाइरसको संक्रमणले भएको चिकित्सकहरुले बताएका छन्। आँखा पाक्ने समस्या समान्यतया ५ देखि ७ दिनमा निको हुने भए पनि ब्याक्टेरियाको समेत संक्रमण भए आँखामा गम्भीर समस्या […]
काठमाडौँ । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही हाल बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण […]
काठमाडौँ । बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी माओवादी केन्द्रको चौथो दिन बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा पनि झण्डै दुई सयको हाराहारीमा नाम टिपाइएकाले सदस्यहरूले बोल्ने क्रम भोलि नरोकिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी […]
नागरिक रैबार/बाजुरा १७ साउन । नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सुदूरपश्चिमकाे प्रमुख धार्मिक स्थल बडीमालिका क्षेत्रमा ११ औं बैठक गर्ने निर्णय गरेको छ । अनेरास्ववियुकाे हिजाे मार्तडीमा बसेकाे १० बैठकले अर्काे ११ औं बैठक धार्मिक स्थल बडीमालिका क्षेत्रमा बस्ने निर्णय गरेकाे अध्यक्ष दिलबहादुर थापा भाेटेले बताएका छन् । त्यस्तै बैठकले बर्षादको समयमा हुने विपदजन्य घटनामा […]
नागरिक रैबार/बाजुरा १७ साउन।राष्ट्रिय युवा संघ नेपाल बाजुराले मार्तडीमा बुधबारदेखि आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ । सदरमुकाम मार्तडीस्थित नेकपा एमाले जिल्ला कमिटी बाजुराको पार्टी कार्यालयको एक कोठामा आफ्नो सम्पर्क कार्यालय रहने गरी कार्यालय स्थापना गरिएको सचिव विष्न कार्कीले बताएका छन् । कार्यालयको एक औपचारिक कार्यक्रमका विच नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन […]
नागरिक रैबार/बाजुरा १६ साउन। बाजुराको सदरमुकाम मार्तडीमा अवदेखि प्रत्येक महिनाको १ र १५ गते पुरुष र महिलाविच देउडा खेल संचालन हुने भएको छ ।सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा बाजुराको कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले महिनाको १ र १५ गते लाईभ देउडा संचालन गरिने भएको हो । लाईभ देउडाको पहिलो दिन हिजो साउन १५ गते चर्चित […]
नागरिक रैबार/बाजुरा १६ साउन। बाजुराको खप्तड छेडेदह गाउँपालिकाका ४ वटा वडा सचिव विहिन बनेका छन् । ७ वटा वडा रहेको खप्तड क्षेडेदहमा ४ वटा वडा सचिव बिहिन बनेका हुन् । २, ३, ४ र ७ नम्वर वडामा वडा सचिव नहुँदा स्थानीयहरु अहिले वडामा हुने विभिन्न कामका लागि गाउपालिकाको कार्यालय धाउने गरेका छन् । वडा कार्यालयमा […]
नागरिक रैबार/बाजुरा १५ साउन। मार्तडी-गौमुल घटमुना सडक अवरुद्ध भएको छ । निरन्तरको अविरल वर्षासंगै सडकमाथिबाट पहिरो गएपछि मार्तडी-गौमुल सडक अवरुद्ध भएको हो । करिव १४ किलोमिटर रहेको उक्त सडकका ठाउँठाउँमा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । बडीमालिका नगरपालिका-९ को ठुलीसाँगु, मेलकाँध, २ को थलारा, मैमातोला नजिकै सडकमा पहिरो खसेर भत्काएपछि सडक अवरुद्ध […]
नागरिक रैबार/बाजुरा १५ साउन। जिल्लाको गौमुल गाउँपालिका-३ धल्काँडा र बेहरीका बाढी पहिरोबाट विस्थापित र जोखिममा रहेका १३ परिवारलाई गाउँपालिकाले राहत वितरण गरेको छ । साउन ११ गते राति आएको अविरल वर्षाका कारण विस्थापित बनेका उक्त वडाका ६ परिवारलाई टेन्ट,कम्मल र जोखिममा रहेका ७ परिवारलाई त्रिपाल र कम्मदल वितरण गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार […]
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कर्मचारीको वृत्ति, विकासमा तीव्रता दिएको छ । साउन ४ पछि मात्रै प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रशासन तथा प्राविधिक समूहका विभिन्न उप–समूहतर्फका विभिन्न दर्जामा ठुलो सङ्ख्यामा बढुवा सिफारिस गरेको छ । Tata Folliderm साउन ७ सम्ममा २ सय ८६ जनाको बढुवा सिफारिस सुची प्रकाशन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ […]
नागरिक रैबार बाजुर १० साउन बाजुराकाे काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना रिफर गरेका विरामीको मृत्यु भएको छ । उच्च रक्तचापको समस्या जटिल देखिएपछि रिफर गरिएका मुगुका विर्खलाल कार्कीको स्वास्थ्य केन्द्रमै मृत्यु भएको कार्यालय प्रमुख डाक्टर प्रतिक न्यौपानेले बताएका छन् । कार्कीको थप उपचारका लागि नेपालगञ्ज वा धनगढी मध्ये सिटी स्क्यान सहीको सुविधा भएको अस्पतालमा रिफर […]
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ ।आज प्रतिनिधिसभा बैठक बस्ने तयारी भइरहेका बेला एमालेले मध्यान्ह १२ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ । प्रतिनिधिसभा बैठकमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफ गर्न दलको बैठक बोलाइएको हो । विशेषगरी १०० किलो सुन बरामदबारे […]