होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पाँचौ क्षेडेदह कपको द्धित्तिय पुरस्कार युवा नेता विनय शाहले प्रदान गर्ने
समाचार

पाँचौ क्षेडेदह कपको द्धित्तिय पुरस्कार युवा नेता विनय शाहले प्रदान गर्ने

  • नागरिक रैबार
पाँचौ क्षेडेदह कपको द्धित्तिय पुरस्कार युवा नेता विनय शाहले प्रदान गर्ने

नागरिक रैबार/बाजुरा ९ कार्तिक।पाँचौ छेडेदह कपको द्धित्तिय पुरस्कार राष्ट्रिय युवा संघ नेपालका सचिव विनय शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेका छन् ।

क्षेडेदह स्पोट्र्स क्लवको आयोजनामा विजया दशमी तथा शुभदिपावलीको अवसरमा कार्तिक ११ देखि आयोजना हुन् लागेको उक्त कपको द्धित्तिय पुरस्कार  १ लाख २५ हजार २ सय २५ रूपैयाँ युवा नेता शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेको आयोजक क्षेडेदह स्पोर्ट्स क्लवका खेल संयोजक कृष्ण ओलीले बताएका छन् ।

युवा माझ अति लोकप्रिय नेताको रुपमा परिचित रहेका शाहले बाजुराको खेल क्षेत्रको विकाससंगै आयोजनालाई थप सहज र आकर्षक बनाउन सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।

विज्ञापन

कार्तिक ११ अर्थात पर्सि शनिबारबाट सुरु हुने यस वर्षको सर्वाधिक धनराशीको छेडेदह कप फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको आयोजकले जनाएको छ । आन्तरिक व्यवस्थापन, फिल्ड रेखाकंन र टिमबीचको समन्वयलाई तिब्र पारिएको अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन।

सुदूरका पहाडमा हुने प्रतियोगिता मध्ये सबैभन्दा बढी धनराशीको प्रतियोगिताका रुपमा स्थापित छेडेदह कपको यो पाँचौ संस्करण हो । क्बलले २०७६ साल देखि लगातार कपको आयोजना गर्दै आएको छ ।

प्रतियोगितामा हालसम्म १६ बढीटिम सम्पर्कमा आइसकेको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन । सहज परिस्थिति बने यो वर्ष २५ बढी टिम सहभागि हुने आयोजकले अनुमान गरेको छ ।

सर्वाधिक धनराशीको नाम दिइएको प्रतियोगिताको प्रथम पुरस्कार यो वर्ष २ लाख ३५ हजार ३ सय ३५ रुपैया घोषणा गरिएको छ । यस्तै द्धितीय स्थान हुने उपविजेताका लागि १ लाख २५ हजार २ सय २५ रुपैया पुरस्कार घोषणा गरिएको छ, यो द्धित्तिय पुरस्कार युवा नेता शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रतियोगिता खप्तड छेडेदह गाउँपालिका ७ स्थित दशरथ माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुदै आएको छ । सुन्दर नगरीमा हरेक वर्ष खेल पर्व, खप्तड छेडेदहको पहिचान र गर्व भन्ने नारा दिएर प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

यो वर्ष खेलमा वेष्ट पिलियर, राइजिङ पिलियर, वेष्ट किपर, वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कार सहीत मेडल र प्रमाण दिईने छ । खेल एन्फाकै रेफ्रीद्धारा खेलाइने छ । भने देशका जुनसुकै क्षेत्र र जिल्लाबाट पनि भाग लिन पाउने गरि आयोजना हुन लागेको छ । खेलमा यो वर्षदेखि विदेशी खेलाडी पनि समावेश गर्न पाउने मापदण्ड बनाइएको छ । खेलमा २५ बढी टिमले भाग लिने अनुमान आयोजकको छ । १८ जना खेलाडी, म्यानेजर र प्रशिक्षण गरि २० जना टिममा रहने छन् ।

आयोजकले टिम दर्ता शुल्क १२ हजार र धरौटी शुल्क ३ हजार लिने छ । राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ एन्फाकै प्रतिनिधी रहने खेलमा करिब ५ सय बढी खेलाडी र हजारौको संख्यामा दर्शकहरुले खेलको अवलोकन आयोजकले अनुमान गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार