होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बुढीनन्दाका ४ वटा वडामा फोरजी सेवा संचालन
बाजुरा बिशेष

बुढीनन्दाका ४ वटा वडामा फोरजी सेवा संचालन

  • नागरिक रैबार
बुढीनन्दाका ४ वटा वडामा फोरजी सेवा संचालन

नागरिक रैबार/बाजुरा ४ कार्तिक।जिल्लाको बुढीनन्दा नगरपालिकाका ४ वटा वडामा नेपाल टेलिकमको फोर जि सेवा संचालन भएको छ ।
करिव डेढ बर्षको अथक प्रयासपछि बुढीनन्दा नगरपालिकाको साविकको पाण्डुसैनलाई लक्षित गरेर बनाइएका नेपाल टेलिकमका टावरहरुबाट आजबाट फोर जि सेवा संचालनमा आएको नगरप्रमुख जनक कुमार बोहराले बताएका छन् ।

बुढीनन्दाका नगरबासीलाई टेलिफोन सेवाको पहुँचमा ल्याउने गरी बनाइएका टेलिकमका टावरबाट फोरजि सेवा संचालनमा आएको हो । बुढीनन्दा नगरपालिकाको निरन्तरको प्रयासपछि नगरपालिका भित्र नेपाल टेलिकमका बनाउन लागिएका ४ वटा टावर मध्ये पाण्डुसैन क्षेत्रको दुईटा टावर निर्माण सम्पन्न भएसंगै आजबाट नगरपालिकाको ७, ८, ९ र १० नम्वर वडा साविकको पाण्डुसैनमा फोरजि सेवा सूचारु भएको नगरपालिकाले जनाएको छ ।

यस अघि सो क्षेत्रका स्थानीयहका हातहातमा मोवाइल भएपनि नेटवर्क राम्ररी नचल्दा आफन्तहरुसंग कुराकाकानी गर्नबाट बन्चित हुने गरेका थिए । अहिले स्थानीयका मोवाइलमा भरपर्दो नेटवर्कसंगै फोरजि नेटवर्क सहितको सेवा सूचारु भएपछि स्थानीयहरु खुसी भएका छन् ।

विज्ञापन

नगर प्रमुख बोहराले तिहार भित्रै बुढीनन्दा नगरपालिकाका सवै वडामा फोरजि सेवा संचालन गर्ने गरी काम भइरहेको बताएका छन् । विगत वर्ष देखि राम्रोसँग टेलिफोन सेवाले काम नगर्दा सास्ती खेप्दै आएका बुढीनन्दा बासीले आजदेखि भरपर्दो फोनसेवासँगै फोर जी सेवा इन्टरनेटको पनि सुविधा लिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार