होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ९ कार्तिक। तिहार नजिकिएसंगै बाजुराका स्थानीय बजारहरुबाट तिहारका लागि आवस्यक पर्ने सरसामान किन्नेको चहल पहल बढ्दै गएको छ । तिहारको चहल पहल बढेसंगै बाम्का बजार, तिपाडा, बेतालमाण्डौं, कोल्टी, दानसाँगु, पिलुचौर बजार र सदरमुकाम मार्तडीका बजारहरुमा विभिन्न किसिमका प्लास्टिकका कृतिम फूलमालाको व्यापार बढ्दै गएको छ । स्थानीय स्तरमै पाईने सयपत्री र मखमलीको मालाभन्दा पनि […]
नागरिक रैबार/ बाजुरा ८ कार्तिक। त्रिवेणी नगरपालिका–४ तोलीबाट प्रहरीले जुवातास खेल्दै गरेका पाँच जना जुवाडेलाई दश हजार नगद सहित पक्राउ गरेको छ । शुक्रवार विहान प्रहरी चाैकी माैरेबाट खटिगएकाे टोलीले त्रिवेणी ४ काे दामनबाट १९ वर्षीय दमन साउँद , २३ वर्षका प्रकाश साउँद र २८ वर्षका खडक साउँद, २५ वर्षका तेजेन्द्र साउँद र २१ वर्षका […]
नागरिक रैबार/बाजुरा ८ कार्तिक। डिएसपी उद्धवसिंह भाट बाजुरा प्रवेश गरेको एक वर्ष पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रमुख भएर २०७५ साल कार्तिक ८ गते हाँजिर भएका थिए । सो अवधिदेखि हालसम्म बाजुराली जनताको जीउधनको सुरक्षा र समाजमा अमनचयन कायम गर्न दिनरात कटिबद्ध भएर काम गर्दै आएका छन् । निर्देशित कार्य योजना हुँदाहुँदै पनि […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। बाजुराका कृषकहरुलाई गहुँको विऊ वितरण गरिने भएको छ । यहाँका कृषकहरुको मागलाई मध्येनजर गर्दै कृषि ज्ञान केन्द्र बाजुराले गहुँको विऊ वितरण गर्न लागेको हो । कृषकहरुलाई कृषिमा आत्मनिर्भर बनाउन कृषि ज्ञान केन्द्र बाजुराले विभिन्न अनुदानमा बाजुरामा कृषकहरुलाई सहयोग गर्दै आईरहेको छ । कृषि ज्ञान केन्द्रले जहिले ढिलो बीउ ल्याउछ भन्ने विगत […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ स्थित ढम्कनेमा हुन लागेको आलु महोत्सवको उद्धघाटन सुदूरपश्चि प्रदेशकी भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरिले गर्ने भएकि छिन् । आधुनिक प्रविधिबाट अर्गानिक आलु उत्पादन गर्दै कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यले यहि कार्तिक २० देखि २१ गते सुदूरपश्चिम प्रदेशमै पहिलोपटक बाजुरामा हुन लागेको आलु […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। बुढीनन्दा नगरपालिका द्धारा आयोजित प्रथम मेयर कप फुटवलको उपाधि सुर्यतारा फाउण्डेसनले जितेको छ । जनप्रकाश मावि कोल्टीको प्राङ्गणमा विहिबार भएको अन्तिम खेलमा जिल्ला प्रहरी कार्यालय बाजुराको टिमलाई १–० गोल अन्तरले पराजित गर्दै सूर्यतारा फाउण्डेसन प्रथम मेयर कपको विजेता बन्न सफल भएको हो । उपाधिसंगै फाउण्डेसनले १ लाख ५५ हजार ५ सय […]
कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदान भन्दा १०० क्विन्टल बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीन प्रसाद जोशीले बताउनुभयो । मार्तडी–कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बने पछि ढुवानी समस्याकै कारण झन्डै एक करोड […]
काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यही कात्तिक १० गतेभित्र प्रतिनिधि सभा र प्रदेशसभा उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएपनि अहिलेसम्म एउटै जिल्ला तथा प्रदेशले पनि उम्मेदवार सिफारिस गरेका छैनन् । उम्मेदवार सिफारिसका लागि सचिवालयले दिएको समयसीमा सकिन अव ३ दिनमात्र बाँकी छ । गत असोज २९ गते बसेको नेकपा सचिवालय बैठकले जिल्ला तथा प्रदेश कमिटीहरुलाई […]
मदन विक/बाजुरा ६ कार्तिक। जिल्ला अस्पताल बाजुरामा कार्यरत सर्जरी तथा प्रसूति चिकित्सक डा. टिकाराम राईको बाजुराबाट विदाई गरिएको छ । यहाँका गरिव, दीनः दुखी र निमुखा जनताहरुको स्वास्थ्य सेवालाई मध्येनजर गरि बाजुरा जस्तो दुर्गम ठाउँमा आएर हजाराै विरामीहरुको ज्यान बचाएका डाक्टर राईको बाजुराबाट भव्य रुपमा विदाई गरिएको छ । निक साइमन्स इन्स्टिच्युटसँगको सम्झौता अवधि सकिएपछि […]
राम बहादुर बि.क/ कार्तिक ६ बाजुरा। सेतोगुराउस बालविकास केन्द्र बाजुराले विदाको समयमा पनी बालबालिकाको बढाईको अनुगोमन गर्दै छ । सेतोगुराउस बालविकास सेवा द्धारा संचालित समता र समावेशी शिक्षा कार्यक्रम अन्तरगत प्रारभिक उमेरका बालबालिकको शैक्षिक गुणस्तर अभिवृद्धीका लागी विद्यालय विदाको समयमा पनी गाउ गाँउको समुदायमा गएर बालबालिकाहरुलाई घरमै पढ्ने बातावरण मिलाइ दिन आग्रह गर्दै अभिभावक संग […]
जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ । विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो । आगामी मङ्सिरबाट उक्त भत्ता दिइने तथा त्यसका लागि नगरभित्र रहेका अविवाहित महिलाको तत्थ्याङ्क सङ्कलनकार्य भइरहेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताए । नगरपालिकाले […]
प्रेम बहादुर विक/बाजुरा ५ कार्तिक। बाजुरा जिल्लाको पोरखे लेकको विवाद अझै टुङ्गीएको छैन् । दुईवटा स्थानीय तहकोबीच भागमा पर्ने उक्त पोरखे लेक नगरपालिकाको आन्तरिक विवादका कारण संरक्षण विहीन बनेको हो । जिल्लाको उत्तरतिर बुढिनन्दा नगरपालिकाको वडा नं. ९ र दशको चलन चल्तिको क्षेत्र पर्दछ । दक्षिणतर्फ बडीमालिका नगरपालिका वडा नं. ७ अर्थात सदरमुकाम मार्तडीको बासिन्दाको […]
सुदूरपश्चिम प्रदेशमा लागु भएको जनता आवास कार्यक्रम अन्तरगत कैलाली–कञ्चनपुरमा घर निर्माण कार्य ठप्प रहेका बेला पहाडी जिल्लामा पनि कार्यक्रम अलपत्र रहेको पाईउको छ। संघीय सरकारबाट कार्यान्वयनका लागी गत वर्षदेखि प्रदेश सरकारलाई कार्यक्रम जिम्मेवारी सारिएपनि कार्यक्रम अलपत्र परेको हो। पहाडी जिल्लामा जनता आवास कार्यक्रम अन्तरगत घर निर्माणको कार्य बजेट अभावका कारण अलपत्र परेको बताईएको छ। सात […]
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा विकास निर्माणका कामलाई तिव्रता दिदै आर्थिक समृद्धि हासिल गर्ने दावी गरेपनि कार्यान्वयन भएको छैन्। विकास निर्माणका योजना कार्यान्वयनमा गत वर्षझै सरकारले कछुवा गती नै कायम राखेको पाईएको छ। गत आर्थिक वर्षको मध्य हुँदा समेत १६ प्रतिशतको हाराहारीमा विकास बजेट खर्च गरेको सरकारले यसवर्ष पनि अहिले सम्म योजना कार्यान्वयनमा लैजान […]
सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरसंवैधानिक ठहर्याएसँगै तरंग पैदा भएको छ । सिंहदरबार जनताको घरदैलोमा ल्याउने भन्दै मुलुक संघीयतामा गयो । तर जनप्रतिनिधिहरुले आफू खुसी तलब भत्ता शक्तिको दुरुपयोग हुन थालेको भन्दै अधिवक्ता लोकेन्द्र बहादुर ओलीले रीट दायर गरेका थिए । उनको रीटको आगामी शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा तथा न्यायाधीशहरू […]
कैलालीको अत्तरियाबाट २८ जना जुवाडे पक्राउ परेका छन्। गोदावरी नगरपालिका वडा नमबर ७ लालपुरबाट उनीहरुलाई साढे एक लाख नगद सहित पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लालपुरमा बिरबहादुर ओलीको ओली होटलबाट उनीहरुलाई आईतबार राती पक्राउ गरिएको हो। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर विष्ट नेतृत्वको प्रहरी टोलीले आईतबार राती उनीहरुलाई एक […]
नागरिक रैबार/ बाजुरा ३ कार्तिक। चर्चित देउडा गायिका शोभा थापाका ३ वटा देउडा गीतको छायाकंन मालिका माविको प्राङ्गणमा गरीएको छ । सुदूरपश्चिमका बनपाखामा गाईने देउडा गीतहरुको छायाङ्कन मार्तडीमा गरिएको गीतका गायिका शोभा थापाले बताएकी छन् । गितले खोजेको परीबेश अनुसारका देउडा गीतहरुको बाजुरा जिल्लामा सहभागि भएको समय पारी तिन ओटा देउडा गितको छायाङ्कन गरीएको गायिका […]
काठमाडौं जिल्ला अदालतले संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न अझै पाँच दिन म्याद थप गरेको छ। जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले सरकारी वकिल र महराका वकिलहरूको बहस सुनेपछि यस्तो अनुमति दिएको जिल्ला अदालत काठमाडौंका स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। महराको बयान लिन बाँकी रहेकाले पाँच दिन म्याद थप […]
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए। कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए। कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ […]
नागरिक रैबार/बाजुरा ३ कार्तिक। खप्तड छेडेदह पर्यटन महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ । जय मालिका यातायात प्रालिको आयोजनामा गत असोज २६ देखि कार्तिक १ गतेसम्म खप्तड छेडेदह गाउँपालिकाको आर्टिचौरमा महोत्सव सम्पन्न भएको थियो । “कृषि पर्यटन कला संस्कृती बाजुराको पहिचान, पर्यटकलाई गन्तब्यसम्मको जिम्मा जयमालिका यातायातको अभियान” भन्ने मुल नाराका साथ आयोजना गरिएको छेडेदह पर्यटन महोत्सवको […]