होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरा बाट सात सय क्विन्टल आर्गनिक स्याउ बिक्री
Breaking News

बाजुरा बाट सात सय क्विन्टल आर्गनिक स्याउ बिक्री

  • नागरिक रैबार
बाजुरा बाट सात सय क्विन्टल आर्गनिक स्याउ बिक्री

कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदान भन्दा १०० क्विन्टल बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीन प्रसाद जोशीले बताउनुभयो ।

मार्तडी–कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बने पछि ढुवानी समस्याकै कारण झन्डै एक करोड भन्दा बढी मूल्यको स्याउ बारीमै थन्किएको थियो । यसै समस्या लाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र बाजुराले पहिलो पटक स्याउ ढुवानी अनुदान सहयोग कार्यक्रम ल्याएको छ । बारीमै कुहिएर, आफन्तलाई दिएर वा आफूले खाएर र बाँकी केही मात्र आम्दानी गर्ने किसानको समस्यालाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र बाजुराले स्याउ ढुवानी अनुदान सहयोग कार्यक्रम ल्याएको हो । जसले ढुवानीका रु १३ देखि ५० मा बारीको स्याउ खरीद गरी बाजुरा जिल्ला लगायत काठमाडौँ, चितवन, धनगढी, नेपालगञ्ज सम्म पुगेर बिक्री भइसकेको ज्ञान केन्द्र बाजुरा जनाएको छ । ७०० क्विन्टल स्याउ बिक्रीबाट रु ५६ लाख बराबरको आर्थिक कारोवार भएको केन्द्र जनाएको छ ।

यो वर्ष माथिल्लो क्षेत्रका पाण्डुसैन, स्वामिकात्तिक र जग्गनाथको स्याउ सङ्कलन गरी बिक्री गरिएको कोशेलीघर बाजुराका अमर खड्काले बताउनुभयो । सङ्कलन र बिक्रीका लागि तीन सहकारी र एउटा अपुसा कन्स्ट्रक्सन एण्ड सप्लायर्सले जिम्मा लिएको थियो । बाजुराको अग्र्यानिक स्याउ नाम दिएर बजारमा आएको स्याउले अपेक्षा भन्दा बढी आम्दानी भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

विज्ञापन

पछिल्लो समयमा कृषि ज्ञान केन्द्र बाजुरा ढुवानी अनुदान कटाएपछि भने स्याउको मूल्य बढेर आएको कोशेलीघर बाजुराका खड्काले बताउनुभयो । कृषि ज्ञान केन्द्र बाजुराले अनुदान दिएको बेला स्याउको मूल्य मार्तडीमा रु ७५ ए ग्रेड, ७० बी ग्रेड र ६५ सी ग्रेडमा पाइन्थ्यो भने अहिले सहकारी मार्फत् ढुवानी गर्दा रु ९० देखि ११० सम्ममा बिक्री वितरण भइरहेको छ । रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार