होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • आलु महोत्सवको उद्धघाटन सहकारी मन्त्री चौधरीले गर्ने
Breaking News

आलु महोत्सवको उद्धघाटन सहकारी मन्त्री चौधरीले गर्ने

  • नागरिक रैबार
आलु महोत्सवको उद्धघाटन सहकारी मन्त्री चौधरीले गर्ने

नागरिक रैबार/बाजुरा ७ कार्तिक। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ स्थित ढम्कनेमा हुन लागेको आलु महोत्सवको उद्धघाटन सुदूरपश्चि प्रदेशकी भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरिले गर्ने भएकि छिन् ।

आधुनिक प्रविधिबाट अर्गानिक आलु उत्पादन गर्दै कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यले यहि कार्तिक २० देखि २१ गते सुदूरपश्चिम प्रदेशमै पहिलोपटक बाजुरामा हुन लागेको आलु महोत्सवको उद्धघाटन मन्त्री विनिता चौधरिले गर्ने कृषि ज्ञान केन्द्र बाजुराका कृर्षि प्रसार अधिकृत मिनप्रसाद जैशीले बताएका छन् ।

आलु महोत्सवमा बिज्ञ कृष्ण कार्की, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का आलु बिज्ञ डाक्टर कालिकाप्रसाद उपाध्याय, कृषि निर्देशनालय दिपायलका यज्ञप्रसाद जोशी लगायत बिशिष्ट पाहुनाहरुका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुकोे पनि सहभागिता रहने भएको छ ।

विज्ञापन

कृषि ज्ञान केन्द्र बाजुरा र बडिमालिका नगरपालिकाको समन्वय तथा ढम्कने कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा हुने महोत्सवमा २ सय भन्दा बढि आलुका परिकार, आलु चिप्स, मम पिङगर चिप्स हलुवा लगायत ३० परिकारका स्टलहरु रहने आयोजक ढम्कने कृषि सहकारी लिमिटेडले बताएको छ ।

बाजुराकै सबै भन्दा बढि र मिठो आलु फल्ने ठाउँका रुपमा चिनिएको ढम्कनेमा वार्षिक एक करोडभन्दा बढीको आलु उत्पादन र बिक्री वितरण हुँदै आएको छ । कृषकहरुलाई आलु खेतीमा आकर्षित गर्ने उदेश्यले पहिलो पटक आलु महोत्सवको आयोजना गरिएको वडा अध्यक्ष पाध्यायले बताएका छन् ।

बडीमालिका नगरपालिका ७ ढम्कनेमा २ दिनसम्म सञ्चालन हुने आलु महोत्सवले जिल्लाबासीलाई आलुमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ । यहि कार्तिक २० देखि २१ गतेसम्म चल्ने आलु महोत्सवको तयारी तिव्र गतिमा अघाडि बढीरहेको आलु मेला प्रचार प्रशार समिति संयोजक लक्ष्मीराज पाध्यायले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार