होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम सरकारले तलब भत्तामा आधा अर्ब खर्चियो
देश/प्रदेश

सुदूरपश्चिम सरकारले तलब भत्तामा आधा अर्ब खर्चियो

विकास बजेट खर्च आधा प्रतिशत मात्रै

  • नागरिक रैबार
सुदूरपश्चिम सरकारले तलब भत्तामा आधा अर्ब खर्चियो

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा विकास निर्माणका कामलाई तिव्रता दिदै आर्थिक समृद्धि हासिल गर्ने दावी गरेपनि कार्यान्वयन भएको छैन्। विकास निर्माणका योजना कार्यान्वयनमा गत वर्षझै सरकारले कछुवा गती नै कायम राखेको पाईएको छ।

गत आर्थिक वर्षको मध्य हुँदा समेत १६ प्रतिशतको हाराहारीमा विकास बजेट खर्च गरेको सरकारले यसवर्ष पनि अहिले सम्म योजना कार्यान्वयनमा लैजान सकेको छैन्।

प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन महिना सम्म एक प्रतिशत पनि विकास बजेट खर्च हुन सकेको छैन्। लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेले साउन, भदौ र असोजको तथ्याङ्क हेर्दा सात करोड ९६ लाख पुँजीगत बजेट खर्च भएको देखिएको बताए।

विज्ञापन

उनले १३ अर्ब ६ करोड ७१ लख पुँजीगत बजेट रहेकोमा तीन महिनामा शुन्य दशमलव छ प्रतिशत मात्रै खर्च भएको दिनेश खबरलाई जानकारी दिए।

तर तलब भत्ता लगायतमा भने झण्डै साढे तीन प्रतिशत बढि खर्च भएको देखिएको छ। चलतर्फ तीन दशमलव ३६ प्रतिशत बजेट खर्च भएको लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी पाण्डेले उल्लेख गरे। उनले १४ अर्ब ६९ करोड ४८ लाख चालु बजेट रहेकोमा तीन दशमलव ३६ प्रतिशत अथात् ४९ करोड ४५ लाख खर्च भएको जानकारी दिए।

चालु खर्च झण्डै आधा अर्ब खर्च हुँदा पुँजीगत बजेट खर्चको अवस्थामा भने आर्थिक वर्षको सुरुदेखि नै निराशाजनक देखिएको छ। कार्यशैली परिवर्तन गरी विकास निर्माणका योजनालाई चालु वर्षदेखि तिव्रताका साथ कार्यान्वयन गर्ने दावी गरेपनि फेरीपनि सरकारको कछुवा गती नै रहेको छ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार