होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा- हजारौं विरामी बचाएका डाक्टर राईको विदाई
समाचार

बाजुरा- हजारौं विरामी बचाएका डाक्टर राईको विदाई

  • नागरिक रैबार
बाजुरा- हजारौं विरामी बचाएका डाक्टर राईको विदाई

मदन विक‍/बाजुरा ६ कार्तिक। जिल्ला अस्पताल बाजुरामा कार्यरत सर्जरी तथा प्रसूति चिकित्सक डा. टिकाराम राईको बाजुराबाट विदाई गरिएको छ ।

यहाँका गरिव, दीनः दुखी र निमुखा जनताहरुको स्वास्थ्य सेवालाई मध्येनजर गरि बाजुरा जस्तो दुर्गम ठाउँमा आएर हजाराै विरामीहरुको ज्यान बचाएका डाक्टर राईको बाजुराबाट भव्य रुपमा विदाई गरिएको छ ।

विज्ञापन

निक साइमन्स इन्स्टिच्युटसँगको सम्झौता अवधि सकिएपछि डाक्टर राईको बाजुराबाट विदाई गरिएको हो ।
विदाई समारोहमा प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थराज भट्टराई जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डाः राजुराज जैशी लगायत अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मी र बाजुरेलीहरुले फुलमाला, अविर र मायाको चिनो दिएर डाक्टर राईको बाजुराबाट बाजागाजा सहित विदाई गरेका थिए ।

डाक्टर राई बाजुरा जिल्ला अस्पतालमा आएको ३ वर्षपछि बुधबार बाजुराबाट विदाई भएका हुन् । निक साइमन्स इन्स्टिच्युटसँगको सम्झौतामा डाक्टर राई र डाक्टर दुर्गाराज महर्जन बाजुरामा आएर यहाँका हजारौं विरामीहरुको स्वास्थ्य सेवामा दिनरात नभनि खटिएर उपचार सेवा दिदै आएका थिए । निक साईमन्स इन्स्टिच्युटसंगको सम्झौता अवधि सकिएपछि डाक्टर राईको बाजुराबाट विदाई गरिएको छ भने डाक्टर दुर्गाराज महर्जन अवको केही महिना बाजुरामै रहने भएका छन् ।

डाक्टर राई र महर्जनले बाजुरा जस्तो दुर्गममा आएर यहाँका स्थानीयहरुका जटिल खालका अप्रेशन समेत गरेर विरामीहरुको ज्यान जोगाउँदै आएका थिए । दैनिक अस्पतालमा आउने विरामीहरुका लागि भगवान सावित बनेका डाक्टर राई र महर्जनले बाजुरामा आईसकेपछि झण्डै २ हजार बढी विरामीहरुको बाजुरा जिल्ला अस्पतालमै सफल उपचार गरिसकेका छन् ।

डाक्टर राई र महर्जनले विरामीहरुका लागि रोग अनुसार मझौला अप्रेसन, मेजर अप्रेसन, ३ सय बढी हाइडोसिल आन्द्राको अप्रेसन, एपेण्डिसाईड, पायल्स, हात– खुट्टाको अप्रेशन, अत्यन्तै जटिल खालका विरामीहरुको उपचार, महिलाहरुको स्त्री रोग पेटसम्वन्धि लगायतका उपचार सेवाहरु दिदै आएका थिए ।

बाजुराका वासिन्दालाई ३ वर्ष अघिसम्म सामान्य खालको शल्यक्रिया गर्न पनि धनगढी, नेपालगञ्ज, काठमाण्डौ वा भारतका विभिन्न शहर धाउनु पर्दथ्यो । जिल्ला अस्पताल बाजुरामा जव डाक्टर टिकाराम राई र महर्जनको आगमन भयो यहाँका हजाराै गरिव दुखि विरामीहरुले जिल्लामै उपचार पाएका थिए ।

केही घण्टाभित्रै अप्रेसन नगरे मृत्यु हुन सक्ने सयौं भन्दा बढी बिरामीलाई पनि उनले अप्रेशन गरेर पुनर्जीवन दिएका थिए । विशेष गरि दुर्गमका महिलाहरुमा पाठेघरमा मासु पलाएका र पाठेघर बिग्रिएर फाल्नुपर्ने अवस्थामा पुगेका तर खर्चको अभावमा रोग पालेर बस्न बाध्य भएका सयौं बढी महिलाहरूको शल्यक्रिया समेत गरेर बचाएका थिए । यति मात्रै नभई डाक्टर राईले रगत अभावमा जीवन मरणको दोसादमा अस्पतालको शैयामा छटपटिएका महिलाहरुलाई समेत आफ्नै रगत दिएर ज्यान बचाएका थिए ।

डाक्टर टिकाराम राइ विरामीका लागि रगतदान गर्नुहुँदै ।

जिल्लाबासीहरूका लागि प्यारा बनेका डा.राई आफ्नो ३ वर्र्षेे सेवा अवधि सकेर विदाई हुँदै गर्दा विदाई समारोहमा उपस्थित धेरैका आँखा रसाएका थिए । जिल्ला अस्पताल परिसरमा अस्पतालका स्वास्थ्यकर्मीहरु समेत एकछिन भावुक हुन पुगेका थिए । विदाइको फुलमाला र मायाको चिनो ग्रहणपछि डाक्टर राईलाई पनि जिल्लाबासीको मायाले निकै भावुक बनायो । विदा हुँदा नरमाइलो महसुस भएको छ । विरामीहरुकै सेवा गरेवाफत् बाजुराले मलाई औधि माया दियो डाक्टर राईले भावुक हुँदै भने ।
डाः राईले बाजुराको जिल्ला अस्पतालमा मात्र नभएर जिल्ला भित्रका स्वास्थ्य चौकिमा समेत पुगेर स्वास्थ्य सेवा दिई आम बाजुरेलिको समेत मन जित्न सफल भएका छन् । उहाँप्रती जिल्ला अस्प्ताल बाजुराको सम्पुर्ण टिम र जिल्लाबासी नै आभारी छौ बाजुरा जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार