होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १७ कार्तिक। त्रिवेणी नगरपालिकामा भूमि पुजन गायत्री महायज्ञ हुने भएको छ । नगरपालिकाको आयोजनामा पहिलो पटक कार्तिक २६ गते देखि २८ गते सम्म लाग्ने भएको हो । भवन लगाउन भन्दा अगाडि महायज्ञ हुन लागेको हो । महायज्ञमा संकलन भएको रुपैयाँ दुखी र विपद्मा परेका व्यत्तिहरुलाई सहयोग गर्ने छन् । नगरपालिकाको केन्द्रविन्दु वडा नम्बर […]
महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ नम्बरको बस सह चालकले चलाउँदा दुर्घटना भएको खुलेको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर १ गेरुपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका छन्। चालक खगेन्द्र बडैलाले निन्द्रा लागेको भन्दै सह चालकलाई बस चलाउन दिएको २० मिनेटमा नै दुर्घटना भएको बाजुरा रिठाबजार […]
नागरिक रैबार/बाजुरा १६ कार्तिक। त्रिवेणी नगरपालिकामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका वडा नं. १ छतारा निवासी सुनिल नेपालीकि श्रीमति रजिया नेपाली रहेकी छन् । रजियालाई सुत्केरी वेथा लागेपछि शुक्रबार साँझ आफन्तहरुले नजिकैको छतारा स्वास्थ्य चौकीमा ल्याएका थिए । स्वास्थ्य चौकीमा रजियाले शिशुलाई जिवितै जन्मदिएकि थिईन् । शिशुलाई जन्मदिएको केही […]
कात्तिक १६ । महेन्द्रनगरबाट बाजुरातर्फ आउदै गरेको बस डोटीमा दुर्घटना भएकाे छ । ना ७ ख ६१८१ नम्बरको बस डोटीको शिखर नगरपालिका–१ गेरुपानी भन्ने ठाउँमा बिहान ५ बजेको समयमा दुर्घटनामा परेको हो। बस दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका बाह्रबिस–६ बाजुराका ५१ वर्षीय […]
नागरिक रैबार/बाजुरा १५ कार्तिक। जिल्ला प्रहरी कार्यालय बाजुराले सवारी साधानहरुको चेकजाँचमा कडाई गरेको छ । दशैं तिहार मनाउनका लागि जिल्ला भित्रिएकाहरु दशैं तिहार मनाएर कर्मथलो फर्किन थालेपछि सवारी साधान चेकजाँचमा प्रहरीले कडाई गरेको हो । विशेष गरि दशैं तिहार पछि गृह जिल्लाबाट बाहिर जाने यात्रुहरुसंग वढी भाडा अशुल्ने, सवारी साधानहरुको क्षमताभन्दा बढी यात्रुहरु राख्ने सवारी […]
१५ कात्तिक, चितवन । जिल्लामा दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । तीमध्ये आधा पैदलयात्री रहेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार असोज १२ गतेदेखि कात्तिक ९ गतेसम्म भएका ३५ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको हो । तीनै दुर्घटनामा परी २५ जना गम्भीर र ८१ जना सामान्य […]
छठ पर्वको दोस्रो दिन शुक्रबार खरना मनाइँदै छ। आजको दिन साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइने गरिन्छ। दिनभर उपवास बसेका ब्रतालुले साँझ नियम निष्ठाका साथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यलाई खान दिने गर्छन्। पारिवारिक एवं सन्तानको सुखसमृद्धिको कामना गरी नियम पूर्वक मनाइने यस वर्षको छठ […]
काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा दुई पक्षबीचको विवाद समाधान गर्न ११ बुँदे सम्झौता भएको छ । लामो छलफलपछि समस्याको शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष सहमत भएका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी दिपशमशेर राणाले भने, ‘‘बिहीबार राती सबै पक्षबीच सहमति भएको छ । असमझदारी हटाउन सबै पक्ष सकारात्मक रुपमा प्रस्तुत भए । तर तत्काल […]
आगामी मङ्सिरमा हुने उपनिर्वाचनमा बैतडीमा चार हजार बढी मतदाता सहभागी हुने भएका छन्। जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कूल चार हजार ३३६ मतदाता सहभागी हुने भएका छन्। दोगडाकेदार गाउँपालिका–४ मा एक हजार ८ सय ८, सुर्नया गाउँपालिका–१ मा ६१९ र पुर्चौंडी नगरपालिका–४ मा एक हजार ९ सय ९ मतदाता रहेका निर्वाचन […]
जाजरकोट । जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका-६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्छन् । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उनको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उनी दैनिक कोठाना जाने गरेको बताउँछन् । उनी भन्छन्, ‘मजस्तै यहाँका सबै मानिस […]
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले यही कात्तिक २२ देखि २४ गतेसम्म तेस्रो चरणको ‘स्वाभिमान यात्रा’ गर्ने भएको छ । सङ्गठन सुदृढीकरणका साथै पार्टीका राजनीतिक कार्यक्रम प्रचार गर्ने उद्देश्यले गर्न लागिएको उक्त यात्रा सिन्धुलीबाट शुरु गरी रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा समापन गरिने छ । यसअघि पहिलो चरणमा मेची महाकाली स्वाभिमान यात्रा गरी ३७ जिल्लामा कार्यक्रम गरिसकेको […]
हिन्दुहरुका महान चाड दशैँ र तिहार सकिएसंगै सुदूरपश्चिमको पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ। कार्तिक शुक्ल पक्ष सुरु भएसँगै पहाडी जिल्लाका विभिन्न शक्तिपीठमा जात्रा शुरु भएको हो। दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा झण्डै एक महिना सम्म जात्रा लाग्ने गर्दछ। शैल्यशिखर नगरपालिकाको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैयलपाल मन्दिर […]
जनकपुरधाम । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । सूर्य उपासना […]
बैतडी । सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि सिङ्गो गाउँ शोकमा […]
काठमाडौं उपत्यकामा मङ्गलबार भाइटीकाको दिन ७ सय २१ सवारी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबैभन्दा बढी मादक पदार्थ (मापसे) गर्ने सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार २ सय ३३ सवारी चालक मापसे कारबाहीमा परेका हुन् । यस्तै अन्य ट्राफिक नियमको पालना नगर्ने ४ सय ८८ सवारी […]
नागरिक रैबार/बाजुरा ११ कार्तिक। आइएमई नेपाल लोक स्टार सिजन १ का टप ५ सम्म पुग्न सफल पविन्द्र सुनारलाई मार्तडीमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति बाजुरा सोमबार विहान सदरमुकाम मार्तडीमा पन्चेबाजा सहित दोसल्ला ओढाएर भब्य स्वागत गरेका हुन् । सुनार धनगढीको टिकापुरबाट सोमबार विहान सदरमुकाम मार्तडीमा पुगेका थिए […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक। जिल्लाको बुढीनन्दा नगरपालिका ८ पाण्डुसेनस्थित उव्जन रावतको पसलमा जुवा खेलीरहेका १४ जना जुवाडेलाई कोल्टी प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति ईलाका प्रहरी कार्यालय बुढीनन्दा बाजुराबाट खटिएको प्रहरी टोलीले बुढीनन्दा नगरपालिका वडा नं. ८ पाण्डुसैन स्थित उब्जन रावतको पसलमा जुवातास खेलिरहेका बेला जुवातासको खालबाट ७६ हजार ४ सय तीस नगदसहित जुवाडेलाई […]
रमित विक/बाजुरा ९ कार्तिक। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड बजेटमा सडक, शिक्षा र सिँचाइलाई प्राथमिकतामा राखिएको छ । निर्वाचित प्रतिनिधी सभा सदस्यको नेतृत्वमा विनियोजन गर्ने ६ करोड बजेटमा सडक, शिक्षा र सिँचाइलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । ६ करोड बजेटमध्ये २ करोड ३० लाख सडक निर्माण मै छुट्याईएको छ । ५० […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक। पछिल्लो समयमा बाजुरामा दमाह बाजा लोप हुदैँ गएकाे छ । विशेष गरी यी बाजाहरु दशै तिहार छट, विवाहमा मेला र पर्वहरुमा बजाइने यो बाजा सुदूरपश्चिम तथा मध्यपश्मिमा बजाइने लोकप्रिय बाजा हो । बाजुराका ग्रामिण क्षेत्रका गाउँघरमा लोकप्रिय बाजा दमाह अहिले काँहीकतै गाउँघरमा फाडफुट देख्न तथा बजेको सुन्न पाइन्छ । दमाह बाजा […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक। सदरमुकाम मार्तडीको मुहार दिनानुदिन फेरिदै गएको छ । मार्तडी बजार अहिले सफा सुग्गर र आकर्षक बन्दै छ । नगरपालिकाले मार्तडी बजारको ब्यबस्थापन, सडकको स्तरोन्नति र खानेपानीको ब्यबस्थापन गर्दै गएपछि सदरमुकाम मार्तडीको मुहारमा परिवर्तन आउदै गएको हो । बडीमालिका नगरपालिकाले मार्तडी बजारलाई व्यवस्थित बनाउनका लागि मार्तडीमा चक्रपथ सडक निर्माण गरिरहेको छ । […]