होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरा आउदै गरेकाे बस डोटीमा दुर्घटना : एकको मृत्यु, ३३ घाइते
Breaking News

बाजुरा आउदै गरेकाे बस डोटीमा दुर्घटना : एकको मृत्यु, ३३ घाइते

  • नागरिक रैबार
बाजुरा आउदै गरेकाे बस डोटीमा दुर्घटना : एकको मृत्यु, ३३ घाइते

कात्तिक १६ । महेन्द्रनगरबाट बाजुरातर्फ आउदै गरेको बस डोटीमा दुर्घटना भएकाे छ । ना ७ ख ६१८१ नम्बरको बस डोटीको शिखर नगरपालिका–१ गेरुपानी भन्ने ठाउँमा बिहान ५ बजेको समयमा दुर्घटनामा परेको हो। बस दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका बाह्रबिस–६ बाजुराका ५१ वर्षीय नयाँ सेरेलाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ। दुर्घटनामा ३३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले जानकारी दिए।

घाइते हुनेमा महोत्तरीको बर्दिवासका २८ वर्षीय महेश कोइराला, दाङका ४५ वर्षीय राजकुमार केसी, डोटी सलेनाका ३० वर्षीय रेश्मा लुहार, २७ वर्षीय रामबहादुर विक, सलेनाकै २२ वर्षीया कल्पना विक, बोगटानका २८ वर्षीय दुर्गासिंह विडारी, बोगटानकी बाटु नेपाली, जोरायलका २८ वर्षीय कृष्ण बोहोरा रहेका छन्।

विज्ञापन

डोटीकै ३७ वर्षीया मैना तिरुवा, कैलालीको अत्तरियाका ३१ वर्षीय छत्र बोहोरा, सडकपुर बौनियाका २० वर्षीय सज्जन चौधरी, मसुरियाका २० वर्षीय टेकबहादुर विक, मसुरियाकै राजन बोहोरा, २३ वर्षीया पार्वती चौधरी, घाइते भएका छन्।

यस्तै अछामका ३६ वर्षीय भीम बुढा, ३१ वर्षीय यज्ञ स्वार, आकाश कुँवर, २७ वर्षीया ईश्वरी सिंह, बाजुराकी ३३ वर्षीया गंगादेवी थापा, २४ वर्षीया धानादेवी विक, २६ वर्षीया कल्पना कुँवर, दार्चुलाका १९ वर्षीय सागर पार्की, २१ वर्षीय कृष्णबहादुर बम, प्रेमबहादुर कुँवर, कञ्चनपुरका २८ वर्षीय अलेक्स लिम्बु, बर्दियाका २३ वर्षीय उज्जवल देवकोटा, २३ वर्षीय दिलबहादुर सिंह, खोटाङका त्रिविक्रम भट्टराई दुर्घटनामा घाइते भएका छन्।

२८ वर्षीय लाल टमटा, ३८ वर्षीय मदनबहादुर जेठारा, ५८ वर्षीय चित्रबहादुर न्यौपाने, सावित्री खड्का, २८ वर्षीय लालबहादुर साउँदको ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ। घाइतेको डोटीको सुजङ अस्पताल, शैलेश्वरी अस्पताल, जिल्ला अस्पताल र प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालक लोकेन्द्र बडेलाक फरार रहेका छन्। बस सडकबाट ३० मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुलेको छैन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार